logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

अमेरिकामा कोरोना संक्रमित संख्या ५ लाख नाघ्यो, एकै दिन २ हजारको मृत्यु

स्टिम न्युज वि.सं २९ चैत्र २०७६, शनिबार ०७:३०
अमेरिकामा कोरोना संक्रमित संख्या ५ लाख नाघ्यो, एकै दिन २ हजारको मृत्यु

काठमाडौँ कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त राज्य अमेरिकामा  शुक्रबार एकैदिन हालसम्मकै सर्वाधिक २ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यससँगै कुल मृतक संख्या १८ हजार ७१९ पुगेको वल्र्डो मिटर्सले जनाएको छ । शुक्रबार नयाँ संक्रमितको संख्या ३३ हजार ४८३ ले बढेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख २ हजार ४९ पुगेको वल्र्डोमिटर्सको तथ्यांकले देखाउछ । अहिलेसम्म त्यहाँ २७ हजार २३९ जना निको भइसकेका छन् ।

बिहीबार अमेरिकामा एकैदिन काेराेनाबाट मर्नेकाे संख्या १९ सय थियाे । पछिल्ला तीन दिनमा लगातार प्रतिदिन १९ सयमा काेराेनाबाट मृत्यु हुँदै अाएकाे थियाे । तर शुक्रबार याे संख्या बढेर २ हजार नाघेकाे हाे । बिहीबार पनि नयाँ संक्रमितको संख्या ३३ हजार ५३६ ले बढेको थियाे ।

काेराेनाका कारण अमेरकामा सबैभन्दा बढी प्रभावित राज्य न्यूयाेर्कमा मात्रै ७ हजार ८४४ काे मृत्यु भएकाे छ । त्यहाँ शुक्रबार मात्र ७७७ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमित संख्या पनि अमेरिकाभरिकै सर्वाधिक बढी १ लाख ७२ हजार ३५८ पुगेकाे छ ।

त्यसपछि बढी मृत्यु र संक्रमित हुने राज्य न्यूजर्सी रहेकाे छ । त्यहाँ अहिलेसम्म ५४ हजार ५८८ काेराेना संक्रमित भेटिएकाेमा १ हजार ९३२ काे मृत्यु भइसकेकाे छ । अर्काे मिचिगन राज्यमा २२ हजार ७८३ काेराेनाका बिरामी भेटिएका छन् भने १ हजार २८१ काे मृत्यु भइसकेकाे छ ।

यससँगै अमेरिकामा दैनिक सरदर २ हजारको ज्यान जान थालेपछि भाइरसको रोकथाम र नियन्त्रणसँगै शव व्यवस्थापन पनि चुनौतीपूर्ण बनेकाे छ ।

अमेरिकी अधिकारीहरुका अनुसार शवगृहमा अत्याधिक धेरै संख्यामा शव आउने गरेको छ । त्यसमा शव गृहले भार धान्न नसकिरहेको अवस्स्था छ । अमेरिकाका सबैजसो अस्पताल, स्वास्थ्य प्रणाली, सबैतिरबाट शवको लाइन मात्रै आउने गरेको र व्यवस्थापनमा कठिनाइ भएकाे बताइएकाे छ ।



Loading...
loading...

Top