मेक्सिकोको सीमामा पर्खाल लगाउन राष्ट्रपति ट्रम्पले दिए फेरि अर्को धम्की

0
अमेरिकी,मेक्सिकोको सीमामा
Advertisement

मेक्सिकोको सीमामा पर्खाल लगाउन राष्ट्रपति ट्रम्पले दिए फेरि अर्को धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन संसद्ले बजेट नछुट्याए आफूले कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने अडान लिएका छन् ।  उनले दुई सातादेखि आंशिक रुपमा प्रभावित हुँदै आएको सरकारी कामकाज वर्र्षांैंसम्म पनि लम्बिन सक्ने चेतावनी दिए ।

डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि राष्ट्रपति ट्रम्पले अमेरिका र मेक्सिकोबीच पर्खाल लगाउने विषयलाई कंग्रेसले बेवास्ता गरे राष्ट्रिय आपतकालको घोषणासमेत गर्न सकिने बताए ।

उनले पर्खाल लगाउन बजेट  विनियोजन नगरे कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने अडान व्यक्त गरे । तर डेमोक्रेटिक पार्टी भने पर्खाल लगाउन बजेट विनियोजन नगर्ने पक्षमा छ । यही विवादका कारण अमेरिकाका ८ लाख संघीय कर्मचारीले गत डिसेम्बर २२ देखि तलवसमेत पाएका छैनन् ।

यो विवाद सुल्झाउन ह्वाइट हाउसमा भएको बैठकको सुरुमा राष्ट्रपति ट्रम्पले सकारात्मक कदम भएको प्रतिक्रिया दिएका थिए । तर, एक पत्रकारले सोधेको प्रश्नमा उनले आवश्यक परे संघीय एजेन्सीहरुलाई केही वर्षसम्म बन्दसमेत गर्ने चेतावनी दिएका हुन् । उनले देशको शान्ति सुरक्षाका लागि आफू जेसुकै गर्न पनि तयार रहेको बताए ।

बैठकपछि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले गतिरोध अन्त्यका लागि भएको बैठक विवादग्रस्त भएको बताए ।उनले संघीय सरकारको कामकाज सुचारु गर्न आफूहरु सकारात्मक भए पनि राष्ट्रपतिको अडानले अप्ठेरो पारेको प्रतिक्रिया दिए । (एजेन्सी)

Facebook Comments