logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

चार अर्बको अलैँची निर्यात

वि.सं १६ श्रावण २०७६, बिहीबार ०७:१३
Blog single photo

चार अर्बको अलैँची निर्यात

नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा रु चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७५-७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।

अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलु्क निर्यात हुने गरेको छ । प्रति मन ९४० केजीको हाल बजार मूल्य रु २८ हजार रहेको महासङ्घका महासचिव सुभाष भट्टराई बताउनुहुन्छ । केही वर्षयता अलैँचीको भाउमा लगातार गिरावट आइरहेको छ ।

९५ प्रतिशतभन्दा बढी नेपाली अलैँची भारत निर्यात हुने गरेको र भारतले अन्य कृषि वस्तुमा ‘जीएसटी’ छुट गरे तापनि नेपाली अलैँचीमा कर असुल्ने कार्य गरिरहेको महासचिव भट्टराई बताए ।रासस




Top