logo
  • Tuesday, November 24, 2020
  • वि.सं ९ मंसिर २०७७, मंगलवार

नेकपा पार्टी अध्यक्षद्धयलाई पत्र ।

उत्तर बहादुर खड्का वि.सं ९ भाद्र २०७७, मंगलवार १४:२८
नेकपा पार्टी अध्यक्षद्धयलाई पत्र ।

कम्रेड अध्यक्षद्धय,
सादर अभिवादन तथा लालसलाम ।

इतिहासको कालखण्डमा मैले दुवै अध्यक्षद्धय कम्रेडको थुप्रै सनसनीपुर्ण समाचार अध्ययन गर्न सफल भएको थिए ।उहाँहरुको ऐतिहासिक जीवनीलाई फर्किएर हेर्दा म स्तब्ध हुन्छु ।म एक तपाईहरुलाई सत्ता पुर्याउन र राजनितिक स्थीरता कायम गर्नको निम्ती २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलमा होमिएर आज अशक्त र अपाङ्ग हुँदै एक शहीद परिवारको हैसितले बिनम्रतापुर्ण यो पत्र कोर्न गैरहको छु ।

कुनै समय तपाईहरुको सुराकी दिनेलाई महंगो पुरस्कारको घोषणा तत्कालीन सरकारहरुले गरेका थियो ।त्यति मात्रै नभएर तपाईहरुको टाउकाको मुल्य समेत तोकिएको लामो समय जेल जीवन बिताएर आज सरकारको नेतृत्व गर्न पुग्नु भएको हामी सबैलाई सर्व बिधितै छ । नेपाल तथा बिश्वको इतिहास रच्न सफल नेपालकै कम्युनिष्ट पार्टी आज घातप्रतिघातमा रुमलिदै बिश्वासघात र आफु भित्रकै अन्र्तघातले थिलोफिलो भएर नेताहरु जोड घटाउको लज्जास्पद खेलमा लाग्नु अत्यन्तै दुःखदायी छ ।

अध्यक्षद्धय ,
सायद तपाईहरुले १९९७माघ ६ र १५ गते इतिहासको कालो दिन,२०१७ साल पुष १ गतेको कालो दिन र २०५९ माघ १९ को कालो दिनहरु तपाईहरुले स्मरण गर्न जरुरी छ ।बिचार र राजनितिमा आफ्नो अस्तित्व देखाउन गुटगत राजनीतिलाई अङ्गिकार गर्नु यो तपाईहरुको लागी अत्यन्तै घातक हुनेछ ।

नेपालको इतिहास हेर्दा संघर्ष नै संघर्षले भरिएको कालखण्ड छ ।रगत नै रगतले लतपतिएको इतिहास छ ।सत्य असत्य ,न्याय र अन्यायको बिचमा जहिल्यै पनि युद्धहरु भएका छन् ।कहिले शान्तिपुर्ण त कहिले रक्तपातपुर्ण संघर्ष र युद्धहरु भएका छन् ।न्याय र अन्याय,शोषण र शोसित बिचको संघर्ष नै बर्ग संघर्ष हो भन्दै नेपाली जनताहरु आन्दोलन तथा युद्धमा होमिएका थिए ।जनताका आगाडि सामन्तहरुको बन्दुकको बलले पनि कुनै काम गर्न सकेन ।सामान्ति अधिनायकवादी पञ्चायतबादी सत्ताको बिरोध गर्दा तपाईहरुले नेतृत्व गरेको सुखानी,पिस्कर,भीमान र पथलैया आदि ठाउँहरुमा बिर शहिदहरुको रगत बगेको थियो ।आज सत्ता संचालनको बागडोर समाल्न पुगेर तपाईहरुले नै यि आन्दोलनको अवमुल्यन गर्न थाल्नु भएको महशुस मलाई भएको छ ।

निरंकुश तन्त्रले धेरै नाटकहरु मंचन गरे जनताका मौलिक हकमाथी धेरै बर्ष रजाई गरे तर पनि जनताले क्रुध शासनको बिरुद्धमा आन्दोलनको ज्वारभाटाहरु सृर्जना गरीे सबैखाले जारशाही र निर्दलीय ब्यवस्थालाई हटाएर बहुदल र गणतन्त्रको ढोका खोली राज्यसत्ता तपाईहरुलाई सुम्पने काम गर्यौ।सार्वभौम सत्ता सुम्पने काम गर्यौ ।

यतिखेर दुनियाँ बदलिएको छ ,राज्य ब्यवस्था बदलिएको छ ,राजनीतिक संस्कार,आचारण र ब्यवहार पनि बदलिएको छ ।सिङ्गो मुलुकमा संबिधान सभाद्धारा संबिधान बदलिएको छ तर नागरिकको चहाना अनुसार पार्टीको राजनैतिक पद्धतिर तपाईहरुको आचरणमा रुपान्तरण हुन सकेको छैन ।सर्वहारा राष्ट्रवाद ,बहुदलिय जनवाद,नयाँ जनवाद,समाजवाद र साम्यवाद मात्रै आज तपाईहरुको भोट माग्ने र नोट कमाउने हतियार बनेको छ ।

आदरणिय अध्यक्ष महोदय ,

तपाईहरुको “सम्बृद्ध नेपाल र सुखी नेपाली ”को नारा नातावाद भाईभतिजावाद,कृपावाद र झुण्डबादलाई रिजाउँदैमा सिमित छ ।त्याग र सर्मपणको राजनीति तपाईहरुमा रत्तिभर छैन ।इमान्दारिता हराउँदै र बिलाउँदै गैरहेको छ ।नेपाली आमाका सर्वश्रेष्ठ छोराछोरीहरुले जुन त्याग ,तपस्या र बलिदान गरे त्यो सबै खेर जाने हो भन्ने चिन्ता अहिले देशप्रेमी ,गणतन्त्र तथा लोकतन्त्र प्रेमी हामी नेपाली नागरिकहरुमा पैदा भैरहेको छ ,शंका उत्पन्न भैरहेको छ ।आज म पनि आँशुको घुड्का पिउँदै आफ्नै अनन्त पिडामा रुमलिएर तपाईहरु उपर दृष्यअलोकन गर्दै छु ।

देश भित्र अन्याय अत्याचार ,शोषण उत्पिडन,बिभेद हत्या ,बलात्कार अनि लुटपाट रोकिएको छैन ।भ्रष्टाचार मौलाएको मौलाई छ ।देशमा भएका सबै कलकारखाना ,उद्योगधन्दा,र कृषि ,यातायत,पर्यटन,रोजगारी,सबै पेशा ब्यवसाय लगायत सवै क्षेत्र अस्तव्यस्त छन् । किसानले मल ब्युँ पाईरहेका छैनन् ,कलाबजारिया र महंगी बढ्दो छ । नागरिकहरुको दैनिकी नै खलबलिएको छ कयौले रोजगारी गुमाएका छन् यी सबैमा सरकार मुकदर्शक भएर टुलुटुलु हेरीरहेको छ ।

नेपाली आमाको कयौं छोराछोरीहरु अहिले पनि नागरिकता बिहिन भएर बेवारिसे अवस्थामा बसिरहेका छन् ।यतिबेला कोरोनाले नागरिकहरु सन्त्रामय जीवन ब्यतित गरिरहेका छन् ।आफन्तहरु संक्रमित भैरहेका छन् दिन दिनै आफन्तहरुको मृत्यको खबरले हतास भैरहेका छन् ।
यतिवेला सरकारको उदासीन प्रबृत्ति र निकम्मापनले नागरिकहरु त्रसित छन् ।नागरिकहरुलाई सरकार छ भन्ने आभास हुन सकेको छैन । किषानलाई मल,बिउ देखी कृषि उपजको विक्रिवितरणमा समस्या भएको छ ।ब्यवसय चौपट भएको छ ।दैनिक श्रम गरेर जीवन धान्नेहरुलाई छाक टार्न कठिन भएको छ भने कतिपय नागरिकले औषधि किनेर खान सकेका छैनन् ।

आदरणिय काम्रेडहरु,

यतिबेला मुलुक कम्युनिष्टहरुले नेतृत्व गरिरहेको सरकारको नागरिक भएर पनि सामाजवाद र संबिधानको लोककल्याणकारी राज्यको नागरिक भएको महशुष गर्न पाईरहेका छैनन् ।संबिधान र कानुन अनुसार सरकार नागरिकहरुको अभिभावक हुनु पर्नेमा नागरिकहरुले सरकारलाई अभिभावकको रुपमा महसुस गर्न सकिरहेका छैनन् ।जनताले राहात पाउनु सट्टा दर्द र कष्ट ब्यर्होनु परिरहेको छ ।तपाईहरुले नेतृत्व गरेको पार्टीको सरकारको कर्मचारीतन्त्र र जनप्रतिनिधिहरु आफ्नो स्वार्थपुर्ति गर्न तल्लिन छन् ।

हिजो तपाईहकै नेतृत्वमा जनताले गरेको युद्ध र आन्दोलबाट प्राप्त अधिकार आज सुरक्षित छैन ।यतिबेला ति अधिकार कुन्ठित गर्न थुप्रै दुस्साहास भैरहेका छन् ।यदि कसैले त्यो दुस्साहास गर्यो भने यतिबेला पुन देशमा भिषण आगलागी हुनेछ ।देश सुडान ,हाईटी ,कङ्गो इराक र अफगास्थान हुने छ ।नेपाली आकास भरी आगो र धुवाँको मुस्लो देखिने छ ।जनताहरु जीवनको राजीनामा गरेर फेरी क्रान्तिमा होमिनु नपरोस ।आगामी दिनहरुमा नेपाली जनताले मृत्युसँग पौठेजोरी खेल्नु नपरोस ।

अध्यक्षद्धय ,

तपाईहरुको नेतृत्वको सरकारसँग नागरीकहरुले धैरै आशा र अपेक्ष राखेका छन् ।तपाईहरु अहिले नागरिकहरुको जीवन रक्षा र सम्बृद्धिको सवालमा भन्दा पनि आफ्नो कुर्सी र गुट जोगाउने खेलमा रुमलि रहनु भएको छ ।यस्तो बिषम परिस्थितीमा पार्टीका नेतृत्व,सरकारको नेतृत्व र मन्त्रीहरु पार्टीको र गुटको किचलोमा लागेर सरकारको कामलाई नै अस्थब्यस्थ बनाएर बालुवाटारमा पार्टी,गुट र सत्ताका बारेमा मात्रै छलफल केन्द्रित नगरेर अबको दिनमा तपाईहरुले सम्बृद्धि र नागरिकका जीवको सवाललाई प्रथामिकतामा राखेर सरकार संचालन गर्ने प्रेरणा मिलोस ।सौर्दय र कान्तिकारी बिचार र ब्यवहारले मात्रै शुसासान ,सम्बृद्ध र सुखी नेपाल निर्माण गर्न सकिन्छ ।यस्तै महान हृदय र बचिारले मात्रै नयाँ नेपाल निर्माण गर्न सम्भव छ ।

अभिवादन ।।

उत्तर बहादुर खड्का
लेखकपुर्व प्रवासी नेपाली संघ भारतका सदस्य ,२०६२-०६३ को जनआन्दोलको अशक्त तथा घाईते र शहिद परिवारका सदस्य



Loading...
loading...

Top