यूएईमा ट्याक्सीलाई कारले ठक्कर दिदा २ नेपालीको मृत्यु, २ जना गम्भीर घाइते

हाइसले ठक्कर, बिद्यार्थी बोकेको बस,माइक्रो बसले ठक्कर,धादिङमा बस,भक्तपुरको जडिबुटीमा,ट्याक्सीलाई कारले
Advertisement

यूएईमा कारले ट्याक्सीलाई ठक्कर दिदा २ नेपालीको मृत्यु, २ जना गम्भीर घाइते

यूएई, चैत्र २३ : युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपाली विरामी लिएर अस्पताल जादै गरेको ट्याक्सीलाई कारले ठक्कर दिदा २ जना नेपालीको मृत्यु भएको छ । युएईको आबुधाबीमा भएको दुर्घटनामा २ जना गम्भीर घाइते समेत भएका छन् ।

दुर्घटनामापरी नवलपरासी कावासोतीका निरोज परियार र ठेगाना नखुलेका शान्ति विश्वकर्माको मृत्यु भएको हो । उनीहरु सवार ट्याक्सीलाई अर्काे कारले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको निरोजका आफन्त जोतीलाल परियार बताएका हुन् ।

विरामी भएर उपचारका लागि आएकी शान्तिलाई बिन जायद सिटीमा छोड्न निरोज जादै गर्दा दुर्घटना भएको जोतिलालले बताए । मृतकको शव अहिले अबुधाबीको खलिफा अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परि घाइते भएका दुइ जनाको पनि सोही अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको पहिचान हुन सकेको छैन् ।

Facebook Comments