logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता जिते ,नेपाल यू-१९ एसिया कपका लागि छनौट हुने

वि.सं २९ जेष्ठ २०७६, बुधबार १३:४०
Blog single photo

एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता जिते ,नेपाल यू-१९ एसिया कपका लागि छनौट हुने

काठमाडौं, जेठ २९ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारको सामना गर्दै छ ।

एसिया कपको क्वालिफायरको रुपमा रहेको यस प्रतियोगिता आगामी असार १७ देखि २४ सम्म मलेसियामा आयोजना हुँदैछ ।

प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल असार १७ मा म्यानमार विरुद्ध खेल्नेछ ।

आज जारी गरिएको खेल तालिका अनुसार समुह ए मा नेपाल सहित म्यानमार, चीन र सिंगापुर रहेको छ ।

म्यानमारका अलावा नेपालले आफ्नो समुह ए मा रहेको सिंगापुर र चीन संग खेल्नेछ ।

नेपालले असार २० मा सिंगापुरसंग खेल्नेछ भने समुह चरणको अन्तिम खेलमा असार २१ गते चीनसंग भिड्नेछ ।

यता समुह बी मा भने मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेको छ ।

यस प्रतियोगिताको बिजेता टोलीले आगामी भदौ ११ देखि भदौ २२ गतेसम्म चल्ने टेष्ट राष्ट्र सम्मिलित एसीसी यू–१९ एसिया कपमा सहभागि हुने अवसर पाउनेछ ।

एसीसी यू–१९ एसिया कप श्रीलंकामा आयोजना हुँदैछ ।

उक्त प्रतियोगितामा आयोजक श्रीलंका सहित, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, युएई, कुवेत र एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको विजेताको सहभागिता रहनेछ ।

नेपालका लागि उक्त प्रतियोगितामा सहभागि हुन, एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता अन्तिम मौकाको रूपमा रहेको छ ।

नेपालले यसअघिको एसीसी यू–१९ एसिया कपमा सहभागिता जनाएको थियो ।

उक्त प्रतियोगितामा नेपाल भारत र अफगानिस्तानसंग पराजित भएको थियो भने, नेपालले युएईलाई हराएको थियो ।

युएईलले दिएको २ सय ६९ रनको लक्ष्य पूरा गर्दै नेपाल विजयी भएको थियो ।

मलेसियामा आयोजना हुने एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको समुह चरणको खेल पश्चात दुबै समुहबाट शिर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

सेमिफाइनलको खेलहरू २३ गते हुने तालिका रहेको छ भने फाइनल खेल असार २४ गते हुनेछ ।




Top