logo
  • Wednesday, July 8, 2020
  • वि.सं २४ असार २०७७, बुधबार

आत्महत्या प्रयासको भिडियो भाइरल, आमाको हत्या पछि आफै आत्महत्या

स्टिम न्युज वि.सं १५ जेष्ठ २०७७, बिहीबार २१:२६

बेलबारीः सामाजिक सन्जालमा आफैले गला रेटेर आत्महत्या प्रयास गरेको भिडियो भाइरल भैरहेको छ। एक युवकले एक धारीलो हतियारको प्रयोग गरि आफैमाथी आक्रमण गर्दै गरेको भिडियो भाइरल भएको हो। यो घटना मोरङ्गको बेलबारी नगरपालिका ४ बुधबारेमा बिहीबार बिहान भएको घटना हो।

काले भनिने जीवन लिम्बूले आमाको हत्यापछि छोरा आफूले पनि घाँटीमा चक्‍कुले रेटेर आत्महत्या गरेका छन् । आमा ६१ वर्षीय देवीकुमारी लिम्बूको हत्या गरेर छोरा ३१ वर्षीय लिम्बूले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

उनका अनुसार टाउकोमा चोट रहेको र भुइँमा रगत लतपतिएको अवस्थामा बिहान ११स्३० बजेतिर देवीकुमारीको शव आफ्नै घर भित्र भेटिएको थियो । घटनास्थलमा रगत लागेको एउटा इँटा पनि भेटिएको छ ।

चुल्होमा प्रयोग गरेको इँटाले हानेर आमाको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । बावुको मृत्यु भइसकेकाले घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । उनीहरुबीचमा के विषयमा विवाद भएर घटना हुन पुगेको हो भन्ने बारेमा तत्काल खुल्न नसकेको प्रहरीको भनाइ छ । आमाको हत्यापछि जीवनले पनि आफ्नै घाँटीमा चक्‍कुले रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनि ढकालले बताए ।

चक्‍कुले काटेर घाँटीको अगाडिको भागमा गहिरो चोट लागेर घाइते भएको अवस्थामा जीवनलाई प्रहरीले घरमै भेटेको थियो ।

गम्भीर अवस्थामा भेटिएका उनको उपचारका क्रममा बेलबारीकै नोबेल सामुदायिक अस्पतालमा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जीवन अविवाहित थिए ।उनी लागुऔषध र मादक पदार्थ सेवनकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। प्रहरीले लागुऔषध र मादक पदार्थकै नसामा रहेका बेला घटना गराएको हुन सक्ने बताएको छ ।
जीवनले आफ्नै घाँटी काट्न प्रयोग गरेको चक्‍कु फेला परेको र घटनाका बारेमा थप अनुसन्धान गर्ने काम भइरहेको प्रनि ढकालले बताए । प्रहरीले आमा र छोरा दुवै जनाको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगेको छ।

प्रहरी हिरासतबाट निस्केको केही घण्टामै हत्या र आत्महत्या

खाना खाने क्रममा बिहान बेलबारी नगरपालिका ४ स्थित बुधबारेका २६ वर्षीय जीवन लिम्बुले जन्मदिने ६१ वर्षीया देवीकुमारी लिम्बुलाई टाउकोमा इँटा प्रहार गरी घरमै हत्या गरे ।

आमाको हत्यापछि उनले निकै बीभत्स रूपमा हँसिया र छुराले घाटी रेट्नुको साथै छातीमा धेरै पटक रोपेर आफैलाई हत्या गरेका थिए । उनको उपचारको क्रममा बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा मृत्यु भएको थियो ।

आमाको हत्यापछि जीवनले सुरुमा घर नजिकै घाँस काट्दै गरेकी महिलाको हसिया खोसेर छातीमा रोप्ने काट्ने गरे । पछि फेरी उनले छिमेकीको घर भित्रबाट तरकारी काट्ने छुरा ल्याइ आफ्नो गला रेटेका थिए ।

Jivan त्यही छुराले छातीमा पनि उनले रोपेका थिए ।

यस्तो बीभत्स दृश्य हेरिरहेका एक स्थानीय भन्छन् : ‘जीवनले आफ्नो गला काटेर भित्रको नशा हातले तानेका थिए । जस कारण उनको गलाबाट रगतको भल निस्किएको थियो । उनले ६ पटक सम्म छुराले आफ्नो गला रेटे’ ।

‘हामीले उनलाई रोक्न धेरै प्रयास गरौँ, तर रोक्न जानेलाई नै छुरा प्रहार गर्न थालेपछि सबै रमिते भयौ’ । ‘मलाई बचाउनु पदैन’ भन्दै ती भाईले आधा घण्टासम्म कसैलाई नजिक पर्न दिएनन् ।

‘यस्तो बीभत्स दृश्य मैले अहिलेसम्म देखेको थिइन्’ उनले भने ‘सायद आमा मारेको पछुतोमा उनले आफैलाई हत्या गरे’ ।

पछि इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरीले उनलाई नियन्त्रणमा लिई प्रहरीकै भ्यानमा अस्पताल पुराएको थियो ।

यस्तो छ कारण

लामो समयदेखि प्राय नशामा रहने जीवन बहिनिको विवाह भएपछि घरमा आमा छोरा मात्र बस्थे । घटना भएको अघिल्लो रात जीवन इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा थिए ।

बुधवार साँझ आमासँग झगडा गर्दा घरमा आगो लगाएको आरोपमा प्रहरीले उनलाई एक रात हिरासतमा राखेको थियो । बिहीबार बिहान जनप्रतिनिधि र केही छिमेकीको रोहबरमा उनलाई छाडिएको थियो ।

प्रहरी स्रोतका अनुसार पक्राउ गरी ल्याइएका जीवनले रातभर हिरासतमा कराउने र आफ्नै टाउको भित्तामा बजार्ने कार्य गरेका थिए । प्रहरीले उनलाई हिरासतमा राख्न नसकिने भनेपछि ४ नं. वडाका वडाध्यक्ष रामकुमार राईलाई जानकारी गराइ छाडिएको थियो ।

तर हिरासतबाट निस्किन साथ जीवन आमासँग बिहानैदेखि विवाद गरिएको अवस्थामा उनले अचानक इँटा प्रहार गरेको वडाध्यक्ष राईले अपराध न्युजसँग बताए ।

‘बुधवार राती आमासँग विवाद हुँदा जीवनले खाटमा आगो लगाइदिएछन्, तत्कालै स्थानीयले प्रहरीलाई खबर गरेपछि उनलाई राती नै प्रहरी कार्यालय लगिएको थियो’ उनले भने ‘तर जीवन बाहिर आएको केही घण्टामै यस्तो घटना हुन पुग्यो’ ।जीवन गाउँघरमा प्राय नशामा मात्र देखिन्थे, उनको घरमा प्राय आमासँग विवाद भइरहन्थ्यो ।

बुधवार प्रहरी हिरासतमा बसेको विषयमा बिहान आमासँग विवाद हुँदा यस्तो घटना भएको वडाध्यक्ष राईको अनुमान छ ।

यता इलाका प्रहरी कार्यालय बेलबारीका सई नारायण कुमार योगीले जीवनलाई बुधवार आफ्नै घर तोडफोड र आगजनी गरेको अभियोगमा पक्राउ गरी एक रात राखेर बिहान छाडेको बताए ।

‘घर तोडफोड गरेको भनेर स्थानीयले हामीलाई खबर गरेका थिए, हाम्रो टोलीले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेका थियौ’ उनले भने ‘रातभर हिरासत भित्र होहल्ला गरेपछि बिहान सम्झाई बुझाई छाडेका हौ ।



Loading...
loading...

Top