logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

छोराको कृति आमाबाट विमोचित

वि.सं १६ जेष्ठ २०७६, बिहीबार २१:०२
Blog single photo

छोराको कृति आमाबाट विमोचित

काठमाडौँ, १६ जेठ:आमा मेनकुमारीले छोरा यमबहादुर रोक्काको कविता सङ्ग्रह विमोचन गर्नुभएको छ । काठमाडौँको अनामनगरमा बिमोचन गरिएको उक्त कविता सङ्ग्रहको नाम ‘वान हन्ड्रेड एट’ राखिएको छ । अङ्ग्रेजीमा लेखिएको सो कविता सङ्ग्रहका लेखक यमबहादुर न्यूरो सर्जन हुन् ।

पिस बुक प्रालि, काठमाडौँले प्रकाशन गरेको उक्त कविता सङ्ग्रहमा एक सय आठ कविता समावेश छन् । चिकित्सक यमबहादुरले आफ्नो कर्म गर्दा केही समय बचत गरी कविता लेख्नु भएको हो ।

उहाँको यो पहिलो कृति हो । कुञ्ज नाटकघर, लेखन कुञ्जका अध्यक्ष कमल ढकालले सो कृतिको समीक्षा गर्नुभएको थियो । डा यमबहादुरले आफ्नो कविता सङ्ग्रहमा पीडा, यथार्थ र विकृतिलाई सचित्र वर्णन गर्नुभएको छ ।

रासस

Top