logo
  • Sunday, October 20, 2019
  • वि.सं ३ कार्तिक २०७६, आईतवार

अकबरे खुर्सानीको स्वादिष्ट अचार बनाउने तरिका | अकबरे खुर्सानी

वि.सं ८ जेष्ठ २०७६, बुधबार १७:४९
Blog single photo

अकबरे खुर्सानीको स्वादिष्ट अचार बनाउने तरिका | अकबरे खुर्सानी

नेपाली भान्सा अचार बिना अधुरो हुन्छ । अचार विभिन्न कुराबाट तयार गर्न सकिन्छ, जस्तै, तरकारीजन्य कुरा, मासु, फलफूल आदि । त्यस्तै, खुर्सानीको अचार पनि बनाउने गरिन्छ । स्वास्थ्यको एवं स्वादको लागि पनि राम्रो मानिने अकबरे  खुर्सानी सिसिमा राखेर अचार तयार गर्न सकिन्छ ।

अकबरे खुर्सानी बारे सामान्य जानकारी

अकबरे खुर्सानीको वार्षिक देखि बहु वर्ष ( ५–६ वर्ष सम्म खेती गर्न सकिन्छ । नेपालका मध्य पहाडी क्षेत्रहरूमा यसको उत्पादन गरेको पाइए पनि प्राय जसो पूर्वाञ्चलका पहाडी भागहरूमा मात्र व्यावसायिक अकबरे खेती गर्न थालिएको पाइन्छ । अन्य भागहरूमा भने आफै उपभोग गर्नका लागि मात्र खुर्सानी उत्पादन गर्ने गरेको पाइन्छ । बजार मूल्य अन्य पिरो खुर्सानीको भन्दा अकबरे खुर्सानीको हरियो र सुकेको दुवै राम्रो मूल्यमा बिक्री भइरहेको पाइन्छ ।

नेपालमा यसलाई विभिन्न ठाउँअनुसार डल्ले, ज्यानमारा, रागे र अकबरे खुर्सानीका रूपमा चिनिन्छ । विशेष गरेर पश्चिमाञ्चल क्षेत्रहरूमा डल्ले र ज्यानमारा खुर्सानीका रूपमा चिनिन्छ भने पूर्वाञ्चल क्षेत्रका पहाडी भेगहरूमा अकबरे खुर्सानीका रूपमा चिनिन्छ ।

हाल सम्मको आँकडाअनुसार नेपालको इलाम जिल्लामा मात्र यसको व्यावसायिक खेती गरेको पाइन्छ र यहाँ उत्पादित सुकेको अकबरे खुर्सानी केही मात्रामा भए पनि भारततर्फ निकासी भएको पाइन्छ । अकबरे खुर्सानी धेरै पिरो र स्वादिलो हुन्छ । यसको छिप्पिएको हरियो फलमा भिटामिन “ए”, “सि” लगायत विभिन्न प्रकारका अन्य भिटामिन, खनिज तत्वहरू तथा अन्य पोषण तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् ।

अकबरे खुर्सानीको अचार बनाउन चाहिने आवश्यक सामग्री

२५० ग्राम अकबरे खुर्सानी

१० वटा कागती

नुन स्वाद अनुसार

बनाउने विधि

खुर्सानी र कागतीलाई राम्रोसंग पखाल्नुपर्छ ।

कागतीलाई काट्नुपर्छ ।

कागती काट्दा हरेक जसो टुक्रा बराबर हुने हिसाबले काट्नु राम्रो हुन्छ ।

कागती ठूलो छ भने एउटा कागतीबाट आठवटा टुक्रा बनाउनुपर्छ ।

खुर्सानीलाई बीचमा थोरै मात्र चिर्नुपर्छ ।

अचार राख्दा सिसीमा राख्नु राम्रो हुन्छ।

सफा सिसिमा सुरुमा कागती राख्नुपर्छ, त्यसपछि अकबरे खुर्सानी, फेरी कागती र अनि खुर्सानी गरेर राख्नुपर्छ ।

त्यसपछि माथीबाट केही कागती निचोर्नुपर्छ ।

अब चार चम्चा जति नुन राख्नुपर्छ ।

अब फेरी कागती निचोर्नुपर्छ, कागतीको रस बट्टाको माथि सम्म आउनुपर्छ।

अब बिर्को लगाएर एक हप्तासम्म सिसिलाई घाममा राख्नुपर्छ ।

यस पछी तयार हुन्छ स्वास्थबर्धक, स्वादिष्ट अकबरे खुर्सानीको अचार । यसलाइ दैनिक जसो खानामा प्रयोग गर्न पनि सकिन्छ । अचार बनेको ६ देखी ९ महिना सम्म प्रयोग गर्न सकिन्छ ।

स्वादिष्ट चिकेन म:म: कसरी बनाउने ? सिक्नुहोस स्वादिष्ट म म बनाउने तरिका




Top