logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

तपाईको आज: २०७६ जेष्ठ २६ गते आइतबारको तपाईको राशिफल अनुसार यस्तो रहनेछ

वि.सं २६ जेष्ठ २०७६, आईतवार ०९:०२
Blog single photo

तपाईको आज: २०७६ जेष्ठ २६ गते आइतबारको तपाईको राशिफल अनुसार यस्तो रहनेछ

आज २०७६ जेष्ठ २६ गते आइतबार, अंग्रेजी मिति जुन ९, २०१९ : राशिफल अनुसारको आजको तपाईको दिन यस्तो रहनेछ:

 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries): कारोबारमा वृद्धि होला। धेरै मिहेनत गर्नुपर्ला। मानसिक शान्ति प्राप्तिको योग छ। घरपरिवारमा धार्मिक कार्य होला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus): आत्मविश्वासमा वृद्धि होला तर क्रोध एवं आवेशको मात्रा पनि बढ्न सक्छ। जीवनसाथीको स्वास्थ्य स्वास्थ्य समस्याले सताउला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini): आत्मविश्वास बलियो रहनेछ तर आत्मा संयमता भने अपनाउनुहोला। माताको स्वास्थ्यमा सुधार रहनेछ। जीवनसाथी संगको मतभेदले मन खिन्न हुन सक्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer): वाणीमा सौम्यता आउला,तर धैर्यशीलतामा भने कमी आउन सक्छ। धर्म-कर्ममा रुचि रहला। वस्त्र उपहार आदि प्राप्त हुनसक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo): क्षणमै दुखि,क्षणमै खुसिको भाव रहला। भवन या अन्य अचल सम्पत्ति धन आर्जनको साधन बन्न सक्छ। दिनचर्या अव्यवस्थित रहला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo): आशा-निराशाको मिश्रित भाव रहला। पारिवारिक जीवन सुखमय रहला। परिवारको साथमा कुनै धार्मिक स्थलको भ्रमण हुनसक्छ।

 

तपाइको यो साता,भाग्यमानी ३ राशि

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra): मानसिक शान्ति प्राप्त होला। तर कुराकानीमा संयमित रहनुहोला। रोजगारीमा पदोन्नतिको योग रहेको छ। कार्यक्षेत्र परिवर्तनको समेत योग छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio): मनमा निराशा एवं असंतोषको भाव रहला। आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोला। स्वास्थ्य प्रति सचेत रहनुहोला। खर्च बढ्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius): मनमा नकारात्मक विचारको प्रभाव रहला। पारिवारिक समस्याले सताउन सक्ला। जीवनसाथीको साथ भने मिल्ने योग देखिन्छ। स्वास्थ्यमा विशेष ख्याल पुर्याउनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn): मन अशान्त रहला। क्रोध एवं आवेशको अधिकताले समस्या निम्त्याउन सक्ला। माताको स्वास्थ्य समस्याले पिरोल्ला। खर्च धेरै हुने समय छ, ध्यान पुर्याउनु होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius): क्षणमै दुखि,क्षणमै खुसिको भाव रहला। परिवारको सहयोग मिल्नेछ। वाहन सुख प्राप्त्र होला। आयआर्जनमा वृद्धि होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces): धर्म-कर्ममा रुचि रहला। सन्तान को स्वास्थ्य समस्याले सताउला। कारोबार विस्तारमा मित्र सहयोग प्राप्त हुनसक्ने योग छ।

राशिफल अनुसार जे जस्तो भनिएको भएपनि असल नियतले मिहेनत र लगनशीलतापूर्वक गरिएको काममा निश्चयनै सफलता प्राप्त हुनेछ । होशपूर्वक अघि बढ्दा बाधाव्यवधान र कष्टहरूलाई छिचोल्न सकिनेछ । तपाईको दिन शुभ रहोस् ।



Top