logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

आहा ! रारा गोल्डकप आज भारतको युनाइटेड सिक्किम फुटवल क्लवबिरुद्ध धरान फुटवल क्लव भिड्दै

वि.सं १० माघ २०७४, बुधबार १२:४४
Blog single photo

माघ १० पोखरा । १६ औँ आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको पहिलो चरण को खेल खन्तर्गत दोस्रो दिन आज भारतको युनाइटेड सिक्किम फुटवल क्लवबिरुद्ध धरान फुटवल क्लव, भिड्ने भएको छ ।
हिजो भएको उद्घाटन खेलमा आयोजक सहाराले ३–० को हार बेहोर्यो । सहारा सगँ प्रतिष्पर्धा गरेको सुदुरपश्चिम धनगढीले ३ गोल हानेको थियो ।

Aaha rara gold cup banner
प्रतियोगितामा ३ विभागिय टिमसहित १२ टिम सहभागी छन । प्रतियोगितामा विभागीय टिमसहित ३ वटा ए डिभिजन क्लव, ३ मोफसल, २ विदेशी र आयोजक एकसहित १२ टिम रहेका छन् ।

प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको राशी पहिले भन्दा केही बृद्धि गरिएको छ । आयोजक सहारा क्लव पोखराले प्रथम पुरस्कारमा २ लाख वृद्धि गरेर ७ लाख १ हजार र द्वितीय पुरस्कारमा १ लाख वृद्धि गरेर ३ लाख ५१ हजार पुर्याएको छ । बिजेतालाई नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर तथा बेष्ट अफ फाइभ विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष थापाले बताए । प्रतियोगिताको सर्वा्िधक गोलकर्तालाई भने नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र दिइने छ । गोल्डकप फुटवल प्रतियोगिता माघ २० गतेसम्म जारी रहनेछ ।




Top