logo
  • Wednesday, September 23, 2020
  • वि.सं ७ आश्विन २०७७, बुधबार

कोरोनाको संक्रमणबाट १८ हजार ८ सय को मृत्यु

स्टिम न्युज वि.सं १२ चैत्र २०७६, बुधबार ०८:५०
कोरोनाको संक्रमणबाट १८ हजार ८ सय को मृत्यु

काठमाण्डाै : कोरोना भाइरसको संक्रमण १९७ देशमा फैलिएको र यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० पुगेको डब्लुएचओले जनाएको छ ।

४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय ८८ स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका १९७ देशमा पुगेको छ ।

वितेको २४ घण्टामा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन । चीनमा अहिलेसम्म ३ हजार २ सय ७७ ले ज्यान गुमाएका छन् भने ८१ हजार १ सय ७१ जना संक्रमित छन् । जसमध्ये ७१ हजार १ सय ५९ उपचारपछि घर फर्किएका छन् ।

यो २४ घण्टामा सबैभन्दा बढी संक्रमण अमेरिकामा फैलिएको छ भने सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । इटालीमा ७ सय ४३ को यो २४ घण्टामा मृत्यू भएको छ । कोरोनाकै कारण इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।

त्यस्तै अमेरिकामा ६ सय ९८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा ९ हजार ८ सय ७५ मा नयाँ संक्रमणदेखिएपछि संक्रमितको संख्या ५३ हजार ६ सय ९ पुगेको छ ।



Loading...
loading...

Top