logo
  • Monday, April 6, 2020
  • वि.सं २४ चैत्र २०७६, सोमबार

नेपाल टेलिकमले पनि अब इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

स्टिम न्युज वि.सं ७ फाल्गुन २०७६, बुधबार ०८:२०
नेपाल टेलिकमले पनि अब इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

काठमाडौं: सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित टेलिभिजन (आईपीटीभी) सेवा प्रदान गर्ने भएको छ। इन्टरनेटसँगै टेलिभिजन सेवा दिन कम्पनीले सोमबार सफल परीक्षण प्रशारण सम्पन्न गरेको हो।

सोमबार गरिएकाे पहिलो चरणको परीक्षण प्रशारण सकारात्मक भएको टेलिकमले जनाएको छ। यो सेवा आउँदो वैशाख १ गते देखी ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जनाएकाे छ।

हाल यस्ताे सेवा वर्ल्डलिंक, भायनेट, सुविसु, क्लासिक टेक लगायतका इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रदान गर्दै आएका छन्। ती कम्पनीहरुले जस्तै अब टेलिकमले पनि ग्राहकलाई इन्टरेनटसँगै टेलिभिजन सेवा उपलब्ध गराउने भएकाे छ।



Loading...
loading...

Top