राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने मन्त्री बास्कोटाकाे चेतावनी 

Advertisement

राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने मन्त्री बास्कोटाकाे चेतावनी

काठमाडौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने चेतावनी दिएका छन् ।

जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा बाेल्दै उनले इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए कानूनले ठीक पार्ने बताएका हुन् । प्रगति र सुशासनलाई अवरोध पुर्‍याउन धर्मका नाममा आन्दोलनको खेल भइरहेकाे उनकाे  आरोप छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको माग राख्दै आन्दोलन गरिरहेका बेला मन्त्री बास्कोटाको यस्तो भनाइ आएको हो । उनले नेपालमा राजतन्त्र फर्किने सपना नदेख्न पनि आग्रह गरे । प्रतिक्रियावादीहरुले चियाको कपमा तुफान ल्याउन खोजेको भन्दै मन्त्री बास्कोटाले सरकार त्यसमा नअलमलिने पनि दावी गरे ।धर्मको संवेदनशील कुरामा टेकेर नेपालको प्रगतिको बाटोलाइ अवरुद्ध पार्ने काम भयो भने, इतिहासले किनारा लगाएका तत्वहरु फेरि सल्बलाए भने कानुनले ठीक पारिन्छ’ उनले भने ।

Facebook Comments