२०८० सालभित्र उर्जा उत्पादन गर्ने आयोजनालाई १० वर्षसम्म आयकर नलाग्ने 

अपर नौगाड जलविद्युत्
Advertisement

२०८० सालभित्र उर्जा उत्पादन गर्ने आयोजनालाई १० वर्षसम्म आयकर नलाग्ने

काठमाडौं : सरकारले आगामी २०८० सालभित्र उर्जा उत्पादन गर्ने जलविद्युत आयोजनालाई उत्पादन सुरु गरेको १० वर्षसम्म आयकरमा पुरै छुट दिने प्रस्ताव सहितको विधेयक संसदमा लगेको छ । संघीय संसदमा दर्ता हुने प्रक्रियामा रहेको ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ ले यस्तो प्रस्ताव गरेको हो ।

‘२०८० साल चैत महिनासम्म जलविद्युतको व्यापारिक रुपमा उत्पादन, प्रसारण वा वितरण सुरु गर्ने अनुमतिप्राप्त व्यक्ति वा निकाय, सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युत आयोजनालाई पहिलो दश वर्षसम्म पुरै आयकर छुट प्रदान गरिनेछ । तर, यो ऐन प्रारम्भ हुँदा नै उत्पादन सुरु गरिसकेका अनुमतिप्राप्त व्यक्तिको हकमा अनुमतिप्राप्त बेलाकै ब्यवस्था लागू हुने विधेयकले प्रष्ट पारेको छ ।

यस्तै, खनिज (चुनढुङ्गा बाहेक), पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास तथा इन्धन अन्वेषण तथा उत्खनन् गर्ने व्यक्तिले २०८० साल चैत महिनासम्म व्यापारिक रुपमा कारोबार गरेमा पहिलो सात वर्षसम्म पुरै आयकर छुट र सात वर्षपछिको तीन वर्षसम्म पचास प्रतिशत आयकर छुट दिने दिने प्रस्ताव विधेयकमा छ । हालको कानूनी व्यवस्था अनुसार यस्ता उद्योगले कुल आयको आधारमा १० देखि ३० प्रतिशतसम्म सरकारलाई आयकर बुझाउनुपर्छ ।

 

Facebook Comments