logo
  • Monday, September 28, 2020
  • वि.सं १२ आश्विन २०७७, सोमबार

युवती बलात्कार आरोपमा दुई सशस्त्र प्रहरी पक्राउ

वि.सं १३ श्रावण २०७५, आईतवार ०८:१०
युवती  बलात्कार आरोपमा दुई सशस्त्र प्रहरी पक्राउ

युवती बलात्कार आरोपमा दुई सशस्त्र प्रहरी पक्राउ

काठमाडाैं। बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन् ।

कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतंगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्धय रामसरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।



Loading...
loading...

Top