logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

‘नाकको डाँडी भाच्छु’ भनि धम्कि दिने मेयरलाई यसरि गरियो समर्थन र स्वागत: भिडियो

वि.सं २५ जेष्ठ २०७६, शनिबार १५:१५
Blog single photo

‘नाकको डाँडी भाच्छु’ भनि धम्कि दिने मेयरलाई यसरि गरियो समर्थन र स्वागत: भिडियो

काठमाडौँ– केही दिन अगाडि पत्रकारको नाकको डाँडी भाच्न एक करोड छुट्टाएको छु भन्दै धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई नागरिकले समर्थन सहित स्वागत गरेका छन् ।

यस अघि आफ्नै पार्टीका नेतालाई कुटेर विवादित बनेका मेयर चौधरीले कर्मचारी तथा पत्रकार हरूमाथि अभद्र व्यवहार गरेको भन्दै उनको चर्को आलोचना हुँदै आएको छ ।

पछिल्लोपटक पत्रकारलाई लोप्पा खुवाएको र फोनमा नाकको डाँडी भाच्न एक करोड बजेट र एउटा घडेरी छुट्टाएको छु भनिएको भिडियो तथा अडियो सार्वजनिक भएपछी चौधरीको विरोध र समर्थनमा सामाजिक संजाल समेत तातिएको छ ।

नाकको डाँडी भाच्ने धम्किको विषयमा न्युज 24 को कार्यक्रम सिधाकुरा जनता संग मा बोल्दै मेयर चौधरीले घुसखोरी हरूलाई कुनैपनि हालतमा नछाड्ने र कानुनको भर नपरी आफैँ कारबाहीमा उत्रने बताए संगै उनको पक्ष र विपक्षमा जनमत बाँडिएको छ ।

विश्वभर छरिएर रहेका नेपालीहरूले सामाजिक संजालहरू मार्फत उनको समर्थन र विरोधमा बहस गरिरहदा यता विराटनगर विमानस्थलमा मेयरलाई लिन पुगेका स्थानीयले भने खुलेरै उनको पक्षमा नारावाजी गरेका थिए ।

‘जनता तपाईको साथमा छ मेयर साब अगाडी बढ्नुहोस्’ भन्ने नारावाजी गर्दै विराटनगर विमानस्थलमा स्थानीयले स्वागत गरेका थिए ।

त्यसैक्रममा ‘जथाभावी कलम चलाउन पाइदैन, भ्रष्ट कर्मचारी चाहिदैन’, भ्रष्टाचारको विरोध गरौँ, द्वारिकालाल चौधरी जिन्दावाद, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई जनकारबाही हुन्छ लगायतका नारा लगाइएको थियो ।

हेर्नुहोस् भिडियो:




Top