बार्षिक २५ लाख पर्यटक भित्राउने, मन्त्री अधिकारीको ५ वर्षे कार्यदिशा सार्वजनिक

0
413
पर्यटन मन्त्री
loading...

बार्षिक २५ लाख पर्यटक भित्राउने, मन्त्री अधिकारीको ५ वर्षे कार्यदिशा सार्वजनिक

संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो ५ वर्षे कार्यदिशा सार्वजनिक गरेको छ । मन्त्रालयले आगामी पाँच वर्षभित्र कुल गार्हस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने योजना सार्वजनिक गरेको छ ।

त्यसका लागी मन्त्रालयले वाषिर्क पर्यटक आवागनलाई आगामी ५ वर्षभित्रै २५ लाख पुर्‍याउने लगायतको महत्वाकांक्षी योजना सार्बजनिक  गरेको छ ।  त्यसका लागि पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सरकारको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सातओटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको उपस्थितिमा ‘पर्यटन क्षेत्रको विकासको पाँच वर्षीय कार्यदिशा’ सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको कार्यदिशामा विभिन्न सांस्कतिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्नेदेखि पर्यटन प्रवर्द्धनका लागि चालिने कदमहरु समेटिएका छन् ।

कार्यदिशामा नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा पनि जोड, प्रदेशमा सांस्कृतिक सांग्राहलय स्थापना,एयर स्पोर्टट्ज एक्टिभिटीलाई विस्तार, हेलसी र पाथिभारलाई महत्वपूर्ण धार्मिक गन्तब्यका रुपमा विकास गर्ने लगाएतका योजना समेटिएका छन् ।

loading...

लुम्बिनीको तयार भएको गुरुयोजना कार्यान्वयन, तिलौराकोट लगायतका क्षेत्रलाई समेटेर ग्रेटर लुम्बिनीका लागि गुरुयोजना तयार,पशुपति क्षेत्र, जानकी मन्दिर, रारा, खप्तड, स्वर्गद्वारी लगायतका क्षेत्रको पर्यटन गुरुयोजना तयार कार्यान्वन गर्ने विषय पनि कार्ययोजनामा छ ।

यस्तै अन्तर्राष्ट्रिय बौद्ध सर्किटलाई नेपालसँग जोड्ने र जनकपुरलाई भारतसँगको सहकार्यमा रामायण सर्किटमा आवद्ध गर्ने काम पनि ५ वर्षभित्र भइसक्ने दावी मन्त्रालयको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पर्यटकको संख्या बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा पर्यटकीय पूर्वाधारकारुपमा रहेका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल छिटो निर्माण सम्पन्न गरिने बताए । त्यसैगरी पोखरा विमानस्थलको निर्माण ३ वर्षभित्र सकेर सञ्चालनमा ल्याउने विषय पनि यसमा समेटिएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पाँच वर्षभित्र अन्तर्राष्ट्रिय उडानका लागि वाइडबडी र न्यारोबडी गरी १० ओटा विमान तथा आन्तरिक उडानका लागि १५ विमान पुर्‍याउने लक्ष्य कार्ययोजनामा राखिएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्षको अवधिमा २५ लाख पर्यटक भित्र्याउन कम्तीमा एक लाख होटल बेड पुर्‍याउनुपर्ने भन्दै लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारको पूर्णसहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

Loading...

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पर्यटन क्षेत्रलाई उद्योगकारुपमा विकास गर्न तीनओटै तहका सरकार एक हुनुपर्ने बताए ।

Facebook Comments

Loading...