युवा संघ र वाइसियल खारेज, चार सय केन्द्रिय समिती सहितको नयाँ सङ्गठन

0
176
युवा संघ

युवा संघ र वाइसियल खारेज, चार सय केन्द्रिय समिती सहितको नयाँ सङ्गठन

काठमाडौं, जेठ ३१ । तत्कालिन एमालेको भ्रातृ संगठन युवा संघ र माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल खारेज गरिएको छ ।युवा संघ नेपाल र वाईसीएलको तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको संयुक्त बैंठकले दुबै संगठन खारेज गर्ने निर्णय गरेको हो ।

दुईवटै पार्टी एक भएपछि भ्रातृ संगठन पनि एक भएर अगाडि बढ्ने निर्णय गरिएको वाईसीएल नेताहरुले बताए ।संगठन विस्तारका लागि दुबै संगठनका नेता सम्मिलित कार्यदल बनाएर अगाडि बढ्ने निर्णय पनि बैंठकले गरेको छ ।

अब बन्ने नेपाल कम्युनिष्ट पार्टीको युवा भ्रातृ संगठनमा दुबै पार्टीका युवा नेता समावेश गर्नु पर्ने भएकाले झण्डै चारसयको केन्द्रीय समिति बन्ने जनाइएको छ ।बैठकमा युवा संगठनले लिने रणनीति, पार्टी र सरकारको पनि समीक्षा गरेको छ ।

बैठकमा कम्युनिष्ट सरकार हुँदासमेत जनताको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

Facebook Comments

Loading...