विश्वकप क्रिकेट ट्रफी विश्व भ्रमणमा, शुक्रबार नेपाल आइपुग्ने

0
132
विश्वकप क्रिकेट ट्रफी

विश्वकप क्रिकेट ट्रफी विश्व भ्रमणमा, शुक्रबार नेपाल आइपुग्ने

पोखरा/ आइसिसी विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल आइपुग्ने भएको छ । अहिले आइसिसीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी विश्व भ्रमण गराइरहेको छ । जसअन्तर्गत यसै शुक्रबार ट्रफी नेपाल ल्याइने भएको हो ।

आइसिसीका अनुसार सो ट्रफीलाई नेपालमा शुक्रबारदेखि सोमबारसम्म गरी ४ दिन राखिनेछ । त्यसक्रममा विभिन्न चार स्थानमा सो ट्रफी प्रदर्शन गरिनेछ ।

loading...

नेपालस्थित आइसिसीकी प्रतिनिधि भावना घिमिरेले शुक्रबार ट्रफी नेपाल आइपुग्ने बताइन् । ट्रफी नेपाल ल्याएकै दिन साँझ स्वयम्भूमा पहिलोपटक सार्वजनिक गरिनेछ ।

Loading...

त्यसपछि ट्रफीलाई शनिबार बिहान पोखरामा लगेर सार्वजनिक गरिनेछ । पोखरामा पिपिएल ९ गते देखि सुरु हुने हुँदा पोखरा लैजाने तयारी भएको हो । त्यसपछि ट्रफी काठमाडौं ल्याएर आइतबार बिहान चन्द्रागिरी र सोमबार बसन्तपुरमा प्रदर्शन गरिनेछ ।

loading...

Facebook Comments

Loading...