विश्वकपको मजा समूह चरणमा नै हार्ने टोलीले पनि पाउने छ मनग्य रकम

0
36
विश्वकपको

विश्वकपको मजा समूह चरणमा नै हार्ने टोलीले पनि पाउने छ मनग्य रकम

काठमाडाैँ । फिफाले विश्वकप फुटवलकाे पुरस्कार राशी बढाएकाे छ । फिफाले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा भन्दा यसपटक समूह चरण बाहेक अन्य सबै तहकाे पुरस्कार राशी बढाएकाे हाे ।

गत संस्करणकाे बिजेता जर्मनीले ३ करोड ५० लाख डलर पुरस्कार पाएकाे थियाे । फिफाकाे अाधिकारिक वेवसाइटमा जनाइए अनुसार रसियामा हुन गइरहेकाे विश्वकप विजेता टाेलीले ३ करोड ८० लाख डलर पाउने छ । गतसंस्करणमा भन्दा यसपटक फिफाले ३० लाख अमेरिकी डलर बढाएकाे हाे । त्यस्तै प्रतियाेगितामा दोस्रो हुनेको पुरस्कार रकम पनि ३० लाख डलर नै बढाइएको छ ।

रसिया विश्वकपको समग्र बजेट ७९ करोड १० लाख डलर रहेको छ । पुरस्कारमा मात्रै ४० करोड अमेरिकी डलर तोकिएको छ।

कसले कति पाउँछ पुरस्कार ?

फिफाकाअनुसार समूह चरण खेलेर बाहिरिने १६ टोलीले बराबर ८० लाख डलर पुरस्कार पाउनेछन् । याे चरणबाट १६ वटा टाेली अन्तिम १६ मा पुग्नेछन् । अन्तिम १६ बाट ८ वटा टोली क्वाटरफाइनलमा पुग्नेछन्, ८ वटा बाहिरिनेछन् । यो चरणबाट बाहिरिने ८ टोलीले प्रतिटोली १ करोड २० लाख डलरका दरले पुरस्कार पाउने फिफाले जनाएकाे छ । क्वाटर फाइनलबाट ४ टोली सेमिफाइनलमा पुग्नेछन्, ४ बाहिरिनेछन्। यो चरणबाट बाहिरने टोलीले प्रतिटोली १ करोड ६० लाख डलर पुरस्कार पाउनेछन् ।

यस्तै चौथो हुने टोलीले २ करोड २० लाख अमेरिकी डलर पाउनेछ । तेस्रो हुनेले २ करोड ४० लाख डलर पुरस्कार हात पार्ने छ । भने उपबिजेता टाेलीले २ करोड ८० लाख पुरस्कार पाउने छ । याे वर्षकाे विश्व च्याम्पियन हुने टोलीले ३ करोड ८० लाख अमेरिकी डलर सहित १८ क्यारेट सुनको ट्रफी प्राप्त गर्नेछ ।

Facebook Comments