नयाँ दिल्लीबाट तेस्रो मुलुक पठाउन लागिएका ३९ नेपाली महिलाको उद्धार

0
नयाँ दिल्लीबाट
Advertisement

नयाँ दिल्लीबाट तेस्रो मुलुक पठाउन लागिएका ३९ नेपाली महिलाको उद्धार

भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको नेतृत्वमा बुधबार बिहान उनीहरुकाे उद्धार गरिएको हो । याैन कार्यका लागि तेस्रो मुलुक पठाउन लागिएका उनीहरूकाे उद्धार गरिएकाे हाे।

Loading...

राति १ बजेदेखि बुधबार बिहानसम्म प्रहरीकाे सहयाेगमा उनीहरूलार्इ राखिएकाे होटलमा छापा मारेर उनीहरूकाे उद्धार गरिएकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

एक साताको अवधिमा ७० भन्दा बढी महिलालाई भारतबाट उद्धार गरिएकाे छ । पीडित महिलाहरूले आफूहरूलाई राेजगारीकाे प्रलाेभनमा दिल्ली ल्याइएकाे बताए।

Facebook Comments

Loading...
[Copy]