भारतबाट ३९ जना नेपाली युवतीको उद्दार

0
302
नेपाली युवतीको उद्दार
loading...

भारतबाट ३९ जना नेपाली युवतीको उद्दार

काठमाडौं । ३९ जना नेपाली युवतीलाई भारतको एक होटेलबाट उद्दार गरिएको छ ।

नेपाली युवतीलाई खाडी मुलुकमा बेचबिखनको लागि लैजान लागेको सूचनाको आधारमा दिल्लीस्थित महिला आयोगले पुलिसको सहयोगमा उद्दार गरेको हो ।

उद्दार गरिएका ३९ युवतीमध्ये तीनजनालाई दिल्लीमै परिवारको जिम्मा लगाइएको छ । बाँकी ३६ जनालाई रुपन्देही प्रहरीको जिम्मा लगाइएको छ ।

नेपाली युवतीहरुलाई खाडी मुलुक र श्रीलंकामा बेचबिखनका लागि लैजान थालिएको अवस्थामा उद्दार गरिएको दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले जानकारी दिनुभयो ।

Loading...

यता रुपन्देही प्रहरीले युवतीको परिवारलाई सम्पर्क गर्न सुरु गरिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक अनुसन्धान अधिकृत उमेश जोशीले उद्दार गरिएका युवती गुल्मी, सुर्खेत, झापा, मोरङ र सुनसरी लगायतका जिल्लाका रहेका छन् ।

loading...

Facebook Comments

Loading...