सुन्दै अचम्म: महिलाको भित्री बस्त्र चोर्दा चोर्दै एक युवक पक्राउ

0
387
महिलाको भित्री बस्त्र

सुन्दै अचम्म: महिलाको भित्री बस्त्र चोर्दा चोर्दै एक युवक पक्राउ

झापा / चोरले धनमाल चोरेको त सुनेकै हौ तर महिलाको भित्री बस्त्र चोरेको भन्दा अचम्म लाग्न सक्छ। तर झापाका एक युवक महिला तथा युवतीहरुको भित्री वस्त्र(ब्रा र पेन्टी) चोर्दै गरेको अवस्थामा पक्राउ परेको छ।

loading...

भद्रपुर नगरपालिका–४ स्थित मन्त्रिचोकका २५ बर्षीय दिपक राजवंशीलाई प्रहरी बिहिबार महिलाको भित्री बस्त्र सहित पक्राउ गरेको छ।धनमाल चोर्न छाडेर त्यस्ता सामान चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर– ६ भानुनगरमा अधिकाशं घर भित्र प्रवेश गरेर भित्री वस्त्र चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जानकारी दिए ।

विहीबार ४ वटा घरमा साँझ प्रवेश गरि कोही नभएको मौका पारि ती वस्त्र लगेका थिए । सुकाएको स्थान तथा राखिएको स्थानबाट उनले ती भित्र बस्त्र लाने गरेका थिए ।

Loading...

विवाहित राजवंशी विगतदेखि नै त्यस्तो सामान चोर्ने र सुघँने गरेको प्रहरी समक्ष बयान दिएको उनले जनाए । यस्तो प्रकारको चोर पहिलो पटक भद्रपुरमा फेला परे पछि प्रहरीलाई के कारवाही गर्ने भन्नेमा अप्ठ्यारो परेको छ ।
प्रहरीले उनलाई आइन्दा यस्तो सामान नचोर्न सम्झाई बुझाई छाडिदिएको छ । लागूऔषध सेवनकर्ता जस्तै उसलाई यसको लत लागेको हुन सक्ने प्रहरीको भनाइ छ ।

loading...

Facebook Comments

Loading...