जाडो मौसममा यस्ता खानेकुरा खानाले स्वास्थ्यलाई विशेष फाइदा

0
जाडो मौसममा
Advertisement

 जाडो मौसममा यस्ता खानेकुरा खानाले स्वास्थ्यलाई विशेष फाइदा

दिनदिनै जाडो बढ्दै छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल, पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौंमा एकातिर धुलो–धुवाँको समस्या छ, यहीबेला अर्को चिन्ता थपिएको छ– चिसोबाट कसरी बच्ने साथै के कस्ता खानेकुराहरु खाने ।

जाडो मौसममा खाने खानेकुराहरु ! जाडो मौसममा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, पानी सबै समावेश भएको सन्तुलित खाना आवश्यक हुन्छ । जाडो मौसममा चिसोले सताउने भएकाले तातो खानेकुरा खानुपर्छ ।

तातोमा बस्दा तथा तातो कपडा लगाउँदा शरीर सुख्खा हुन सक्ने भएकाले झोल खानेकुरामा जोड दिनुपर्छ भने शरीरलाई प्रतिरक्षात्मक शक्ति वृद्धि गर्ने फलफूल र तरकारीजस्ता भिटामिन र खनिजयुक्त खाद्य पदार्थको मात्रा बढाउनुपर्छ ।

लसुन, अदुवा, दालचिनीको पात वा बोक्रा, मरिच, टिम्मुर आदिलाई तरकारी तथा सूपमा समावेश गर्नु उपयुक्त हुन्छ ।

उमेर र काम अनुसार खानेकुराको मात्रा फरक पर्छ । स–साना शिशु, बालबालिका एवं बूढाबूढीलाई चिसोले बढी सताउने भएकाले तातो तरकारीको सूप, मासुको सूप, गेडागुडीको सूप, तातो दूधका साथै फलफूलहरू खान दिनुपर्छ जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । जाडो मौसममा फलफूलमा भिटामिन, मिनरल्स, एन्टीअक्सिडेन्ट हुने भएकाले फलफूलको मात्रालाई जाडो भनेर घटाउनु हुँदैन।

च्याउ :-
च्याउले तपाईंको इम्युन सिस्टमलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।

लसुन :-
चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।

चिकन सुप :-
चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।

पालुड्डो:-
पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ ।

गाजर :-
चिसो मौसममा गाजरलाई आफ्नो डाइटमा पक्कै पनि समावेश गर्नुहोस् । यसले शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ ।

कोको :-
काँचो कोको विन्सले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्दछ । यदि तपाईं यसको सट्टा कोको फ्लेभरको चकलेट खानुहुन्छ भने यसले केहि काम गर्दैन ।

मरिच –
चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।

अदुवा :-
चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् ।

दही :-
दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दहीको सट्टा तातो दही खानुहोला ।

Loading...

चिया :-
चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरू चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन ।

Facebook Comments

Loading...