बलात्कार बिरूद्ध न्यायको बाटो पर्खिरहेकी आमासंग भेट्दा…..

0
2080
न्यायको बाटो
मृत बालिका
loading...

बलात्कार बिरूद्ध न्यायको बाटो पर्खिरहेकी आमासंग भेट्दा…..

वैशाख २० गते राती नौ बजे जेसन वैध दाईले फोन गरेर भोली पल्ट आफु संग स्वयम्भु डल्लुमा करिब एक वर्ष अघि बलात्कार पछि हत्या गरिएका बालिका अमृता नेपालीकी आमालाई भेट्न जानु पर्छ भन्नुभयो।वैशाख २१ गते दिउँसो बाह्र बजे पुल्चोकमा भेटिएपछि म,अमृत विष्ट दाई र जेसन दाई गाडीमा पुतलीसडक तिर लाग्यौ। त्यहाँ लुना श्रेष्ठ दिदी लाई पिकअप गरेपछि हामी सिधै स्वयम्भु डल्लु चौतारा स्थित मृतक बालिकाकी आमा सन्तोषी नेपालीको डेरा तिर अगाडी बढ्यौ।

stim news
बलात्कार पछि हत्या गरिएका बालिका अमृता नेपाली

एक दशक देखी दुबईमा रहनु भएकी लुना श्रेष्ठ दिदीले बलात्कार पछि हत्या गरिएकी अमृता नेपालीको कान्छो भाईको पढाईमा सहयोग गर्ने चाहना देखाउनु भएपछि यो भेटको अवसर मिलेको मैले गाडी अगाडी बढ्दै गर्दा गफगाफको क्रममा थाहा पाएँ।

स्वयम्भु डल्लु चौतारा पुगेपछि दायाँ तर्फ वडा नं १५ को लाखातिर्थ मार्गतिर ५० मिटर जति अगाडी बायाँ तर्फको पहेलो घरको अध्याँरो छिँडीमा भेटिईनुभयो सन्तोषी नेपाली आमा।हामी कोठामा पुग्दा भाई,बुहारी,आफ्नो जेठो छोरो र भाईको छोरी संगै बसिरहनुभएकी उहाँले त्यसपछि घटना संबन्धी जानकारी हामीलाई दिन थाल्नुभयो।

श्रीमानले कान्छी श्रीमती लेराईसकेपछि करिब २ वर्ष अघि ललितपुरको लेले बाट दुई छोरा र एक छोरी लिएर काठमाण्डौं छिर्नुभएकी उहाँ सुरु बाटै भाई बुहारी संगै स्वयम्भुकै डल्लु चौतारा स्थित दिव्य ज्ञान स्कुल अगाडी बस्दै आउनुभएको रहेछ।होजिरिया कम्पनीमा मासिक ज्यालामा काम गरेरै एक छोरा र छोरीलाई पढाईरहनु भएकी उहाँले ठुलो छोरोले सहर आएपछि पढाई छोडेकोमा भने दुखेसो पोख्नु भयो।

२०७४ साल जेठ ५ गते अरु दिन झै सामान्य थियो।कान्छो छोरालाई खाना खुवाएर स्कुल पुर्याई सकेपछि जेठो छोरो संगै उहाँ भने कम्पनी तिर कामको लागी निक्ल्नुभयो।उक्त दिन छोरी अमृता भने स्कुल गईन्न।स्कुलमा अतिरिक्त क्रियाकलापको दिन थियो तर अमृता संग अतिरिक्त लुगा थिएन।

ढोका ढक्यढक्याउदा दिदीले ढोका नखोलेपछि झ्यालबाट हेर्दा अर्धचेत अवस्थामा लडीरहेको देखेपछि साँझ ५ बजे तिर कान्छो छोरा रुँदै कम्पनी मा आईपुगेपछि उहाँ जेठो छोरा संगै अतालिएर डेरा पुग्नुभयो।ढोका खोलेर हेर्दा सलले घाँटीमा बेरिएर खाटमा लडेको अवस्थामा भेटिएकी छोरी अमृतालाई देखेपछि उहाँ झनै अतालिनुभयो।मुखबाट जिब्रो पनि वाहिर निस्केको र शरीर भर घाउचोटको निशान देखेपछि उहाँको मन ठेगानमै रहेन।

stim news
बलात्कार पछि हत्या गरिएको बालिकाको आमा

संगै डेरा गरी बस्ने दिनेश चौधरी(विश्वराम रनपैली) लाई सहयोगको लागी गुहार्दा पनि नआएपछि आफैले ट्याक्सीमा राखेर छोरीलाई विर अस्पताल पुर्याउनु भएको उहाँले अस्पतालमा पुग्ने वित्तिकै डाक्टरहरुले मृत्यु भईसकेको जानकारी गराएको बताउनुभयो।

त्यसपछि स्वयम्भु प्रहरी वृत्तमा किटानी जाहेरी सहित उजुरी दिन पुग्नुभएको उहाँले सुरुमा प्रहरीबाट सोचे अनुरुप सहयोग पाउनुभने भएन।संगै डेरा गरी बस्ने विश्वराम रनपैली नै आफ्नो छोरी को बलत्कार गरी हत्या गरेको भन्दै दलित आयोग र रक्षा नेपाल पुगेपछि भने यी दुई संस्थाको पहलमा प्रहरीले अनुसन्धान अघि बढायो र जेठ ३० गते उजुरी दर्ता भयो भने असार १६ गते काठमाण्डौ जिल्ला अदालतमा अभियोगपत्र दर्ता पनि।

घटना भएको झण्डै एक वर्ष पछि २०७५ वैशाख २४ गते काठमाण्डौ जिल्ला अदालतले अन्तिम फैसलाको लागी मिति तोकेको छ।सन्तोषी नेपाली आमाको आँखामा न्यायको आशा अझै बाँकी नै छ।हामी संग कुराकानीको क्रममा धेरै पल्ट उहाँले आफ्नो आँशुहरु चुहाउनुभयो।उहाँ संग आक्रोसहरु पनि छन। अभियुक्त विश्वराम रनपैली ले धेरैपल्ट पैसा खुवाएर जेल बाट छुट्न खोजेको र प्रहरीले पनि साथ दिएको भनेर तर प्रत्येक पल्ट स्थानीयको विरोध पछि प्रहरीले अभियुक्तलाई हिरासतमै राख्न बाध्य भएको छ। आमाले गुनासो गरिन कति सम्म भने प्रहरीले पहिलो पल्ट समाउँदा त अभियुक्त रनपैलीलाई सामान्य झैझगडा मुद्दा भनेर ५ हजार धरौटी लिएर नै छाडिदिएको रहेछ।

कुराकानी कै क्रममा हामी लाई उहाँले अभियुक्त रनपैलीको नियत ठिक नभएको र आफुलाई पनि गलत नजरले छुने समाउने गर्ने गरेको बताउनुभयो साथै घटना हुनुभन्दा एक हप्ता अघि रनपैलीले तेरो छोरा छोरीलाई ठेगाना नलगाई छोड्दिन भनेर धम्की दिएको पनि बताउनुभयो।

घडीले साँढे दुई बजेको संकेत गरेपछि हामी आज उहाँहरुलाई भेट्नुको खास उद्देश्य पुरा गर्न कान्छो छोरा राजीव नेपाली पढ्ने नेसनल चिल्ड्रेन एकेडेमी तर्फ आमा सहित गयौ।स्कुलकी प्रिन्सिपल राधिका भण्डारी संग उहाँकै कार्यकक्षमा कुराकानी गर्दैगगर्दा दिदीको घटना भएपछि राजिव पहिले भन्दा कम बोल्ने र कम घुलमिल हुने बताउनुभयो।पढाई सामान्य भएपनि दिदीको घटना देख्ने पहिलो व्यक्ति बन्नु परेकोले नौ वर्षको कलिलो दिमागमा असर पुगेको हुन सक्ने उहाँको ठम्याई छ।

स्कुलमा राजीवको पढाई संबन्धी सबै कुरा बुझेपछि हामी फेरी उहाँहरुको डेरा तिर नै फर्कियौ।कम बोल्ने राजिवलाई जेसन वैध दाईले केही चक्लेट किनिदिएपछि भने केही कुराकानी गरे। अन्तमा अर्को हप्ता मुद्दाको फैसाला हुने दिन फेरी भेट्ने र कान्छो छोरा राजिव नेपालीको पढाईमा सहयोग गर्ने वाचा गर्दै हामी फर्कियौ।

Loading...

स्टिम न्युजका पत्रकार छिर्रिंग तामाङ्ग संग को कुराकानीमा आधारीत

loading...

Facebook Comments

Loading...