पिसाबको रंग हेरेर आफ्नो स्वास्थ्यको अवस्थाको बारेमा थाहा पाउनुहोस!

0
238
पिसाबको रंग हेरेर

पिसाबको रंग हेरेर आफ्नो स्वास्थ्यको अवस्थाको बारेमा थाहा पाउनुहोस!

मानसिको शरीर भित्र पाइने विभिन्न खालका विषाक्त पदार्थहरु पिसाबको माध्यमबाट बाहिर निस्कने गर्छ । पिसाबले शरीरलाई स्वास्थ्य राख्न मद्धत गर्छ । पिसाबले हाम्रो स्वास्थ्यको स्थिति पनि थाहा दिने काम गर्छ ।
त्यसैले हामीले हाम्रो पिसाबमा आउने परिवर्तनहरुमा निकै ख्याल गर्नुपर्छ । यदि पिसाबको रंगमा कुनै परिवर्तन देखियो भने हामीले यसलाई लापरवाही तरिकाले लिन हुदैन । पिसाबको रंगले हामीलाई कुन समस्याले सताईरहेको छ भन्ने कुराको थाहा दिने काम गर्छ ।

loading...

पिसाबको रंग अनुसार स्वास्थ्यमा आउने समस्या थाहा पाउने उपायहरु यस्ता छन् :

१) फिक्का पहेंलो : पिसाबको रंग फिक्का पहेंलो छ भने तपाईंको स्वास्थ्य ठीक छ भन्ने संकेत हो । तपाईंको शरीरले राम्रो काम गरिरहेको छ ।

२) पहेंलो : शरीरमा पानीको मात्राको कमी भयो भने पिसाबको रंग पहेंलो हुन पुग्छ । टन्न पानी पिउनुभयो भने यो समस्याबाट मुक्ति पाइन्छ ।

३) गाढा पहेंलो : औषधीको अत्यधिक सेवनले पिसाबको रंग गाढा पहेंलो हुन्छ । कलेजोको समस्या भयो भने पनि पिसाब पहेंलो हुन्छ । तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ ।

४) दूधजस्तो सेतो : तपाईंको पिसाब दूधजस्तो सेतो छ भने युरिन इन्फेक्सन वा पत्थरी भएको हुनसक्छ । तत्कालै चिकित्सकसँग परामर्श लिइहाल्नुस् ।

५) रातो वा गुलाफी : कहिलेकाहीँ रातो रंगको खानेकुरा वा फलफूल खाँदा पनि पिसाब रातो हुन्छ । तर यी कुरा नखाइकनै तपाईंको पिसाब रातो छ भने रगत आएको हुनसक्छ । यस्तोमा चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

६) सुन्तला रंग : पिसाबको समस्यालाई रोक्नका लागि लिइएको औषधीले पनि पिसाबको सुन्तला रंग हुन्छ ।

Loading...

तपाईं पिसाबको रंगमा आएको परिवर्तनको कारण थाहा पाइरहनुभएको छैन भने चिकित्सकको सल्लाह लिनुहोला ।

loading...

Facebook Comments

Loading...