गाई–बस्तुको विषयमा विवाद हुँदा ७५ वर्षीय वृद्धालाई ‘मानव मलमूत्र’ खुवाइयो !

0
172
loading...

गाई–बस्तुको विषयमा विवाद हुँदा ७५ वर्षीय वृद्धालाई ‘मानव मलमूत्र’ खुवाइयो !

उदयपुर/ छाडा छाडिएका गाई–बस्तुको विषयमा विवाद हुँदा यहाँ एक वयोवृद्धालाई मानिसको मलमूत्र खुवाइएको छ । यहाँको उदयपुरगढी गाउँपालिका–५, मौवासीकी ७५ वर्षीय वृद्धालाई जबर्जस्ती मलमूत्र खुवाइएको जिल्ला प्रहरीले बताएको छ।

प्रहरीका अनुसार पीडित वृद्धा एक्लै बस्दै आएकी थिइन् । उनलाई गाई–बस्तुको विषयमा विवाद हुँदा छिमेकीले नै मिलेर कुटपिट गरी मलमूल खुवाएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक ललन कुर्मीले बताए ।

loading...

घटनाक्रमअनुसार गत राति (मंगलबार राति) वृद्धाका छिमेकी भक्ते राई, उनकै श्रीमती गर्भी राई र देवबहादुर राईले उनीमाथि कुटपिट गरेका थिए । त्यसपछि उनीहरूले मानिसको दिसा शरीरभरि दलेर खुवाइदिएका थिए । घटनापछि पीडित वृद्धाले प्रहरीमा न्यायका लागि उजुरी दिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार छिमेकीको पिटाइबाट वृद्धाको आँखामा गम्भीर चोट गरेको छ । शरीरभरि नीलडामसमेत रहेको छ ।

प्रहरी निरीक्षक कुर्मीका अनुसार वृद्धा घटनापछि घाइते अवस्थामै जिल्ला प्रहरीमा पुगेकी थिइन् । त्यसपछि प्रहरीले पीडितबाट किटानी जाहेरी लिएर वृद्धालाई उपचारनिम्ति जिल्ला अस्प्ताल पठाएको थियो ।

वृद्धाको किटानी जाहेरीपछि वृद्धमाथि कुटपिट गर्नेलाई पक्राउ गर्न प्रहरी खटाइसकेको प्रहरीले बताएको छ ।

Loading...

प्रहरीका अनुसार वृद्धाले छिमेकीका बस्तुले दिनहुँ आफ्नो बालीनाली खाने गरेकाले गुनासो गर्दा छिमेकी मिलेर आफूमाथि कुटपिट गरी मलमूत्र खुवाएको बताएकी छन् ।

Facebook Comments

Loading...