किन रातारात भाइरल बनेको यो तस्बिरको ? यस्तो छ रहस्य

0
193
किन रातारात भाइरल

किन रातारात भाइरल बनेको यो तस्बिरको ? यस्तो छ रहस्य

विराटनगर/ यतिबेला भुटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे सामाजिक सन्जाल तथा अनलाइन मिडियामा भाइरल बनेका छन् । उनी कुनै महान् काम तथा राजनीतिक उतारचढावका कारण भाइरल बनेका भने हैनन् ।

उनले आफ्नी श्रीमतीप्रति देखाएको प्रेमका कारण सामाजिक सन्जालमा भाइरल बनेका हुन् । हासालै पूर्वप्रधानमन्त्री छिरिङले सामाजिक सन्जाल ट्वीटरबाट एक तस्बिर सेयर गरे । उक्त तस्बिरमा उनले आफ्नी श्रीमतीलाई पिठ्युँमा बोकेर हिँडिरहेको देख्न सकिन्छ ।

तस्बिर हेर्दा लाग्छ– उनले कतै अप्ठेरो र हिलो बाटोमा आफ्नी श्रीमतीलाई बोकेर हिँडिरहेका छन् । उनले सो तस्बिर ट्वीट गर्दै लेखेका छन्– ‘सर वाल्टर रालेघजस्तो साहसी त छैन । तर, पनि मैले त्यो काम गरें, जुन हरेक पुरुषले उनले आफ्नी पत्नीको खुट्टा सफा राख्न गर्नुपर्छ ।’

loading...

पूर्वप्रधानमन्त्रीले एक विश्वविख्यात कविको उदाहरण दिँदै मिठो क्याप्सनहित तस्बिर सेयर गरेपछि उनी एकाएक हिट भए । सर वाल्टर रालेघ एक बेलायती कवि थिए ।

यो बताइन्छ कि, एकपटक सर वाल्टरले महारानी एलिजाबेथ प्रथम हिँड्ने बाटो हिलाम्य भएपछि आफ्नो कोट नै खोलेर बाटोमा ओछ्याइदिएका थिए । भुटानका पूर्वप्रधानमन्त्रीले उनै सर वाल्टरलाई सम्झिँदै श्रीमती बोकेर हिँडिरहेको तस्बिर सेयर गरे ।

सोही तस्बिरका कारण अहिले चारैतिर छिरिङ तोब्गेको प्रशंसा भइरहेको छ भने आफ्नी श्रीमतीप्रति उनले देखाएको प्रेमको पनि चर्चा भइरहेको छ ।

अहिले भाइरल बनिरहेका छिरिङ तोब्गे जुलाई २०१३ देखि ९ अगस्ट २०१८ सम्म भुटानका प्रधानमन्त्री थिए ।

Loading...

 

loading...

Facebook Comments

Loading...