‘मेडिकल टुरिजम’ विस्तार गर्न नेपाल मेडिसिटी र ट्राभहिलबीच सम्झौता

0
383
मेडिकल टुरिजम

‘मेडिकल टुरिजम’ विस्तार गर्न नेपाल मेडिसिटी र ट्राभहिलबीच सम्झौता

काठमाडौँ, ६ साउन ।  नेपालमा मेडिकल टुरिजम लाई विस्तार गर्न नेपाल मेडिसिटी हस्पिटल र ट्राभहिल डटकमबीच सम्झौता भएको छ । सम्झौता अनुसार ट्राभहिलको माध्यमबाट नेपाल आउने विदेशी पर्यटक तथा यसको सम्पर्कमा भएका विदेशमा रहने नेपालीहरुको मेडिसिटी हस्पिटलमा सहज उपचार हुनेछ ।

loading...

‘नेपाल विश्वमै सस्तो उपचार सेवा उपलव्ध गराउने देश मध्येको एक हो । यहाँको उपचार सेवा उत्कृष्ठ छ । त्यसैले हामीले अन्तराष्ट्रिय स्तरको अस्पताल मेडिसिटीसंग यो सम्झौँता गरेका हौँ,’ ट्राभहिलका प्रमुख कार्यकारी अधिकृत द्रोण श्रेष्ठले भने ।

उनका अनुसार ट्राभहिलले अब नेपाल घुम्न आएका पर्यटकलाइ पर्यटन संगै नेपालमा न्युन शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकिन्छ भन्ने सन्देश फैलाउनेछ । त्यस्तै श्रमका लागि विदेशमा रहेका लाखौँ नेपालीलाई स्वास्थ्य सम्वन्धी समस्या पर्दा मेडिसिटीमा उपचार गर्न मिल्ने व्यवस्था मिलाउनेछ ।

‘सरकारी तत्थ्याकंले नै ४० लाख बढी नेपाली श्रमका लागि विदेशमा छन भनेको छ । त्यसमध्ये आधा बढी खाडी मुलुकमै छन् । ती मध्ये सयौँ नेपाली काम गर्ने क्रममा विरामी वा दुर्घटनामा परेर विदेशका अस्पतालमा महंगो शुल्कमा उपचार गराईरहेका छन् ।अब हामी त्यो उपचार नेपालमै गराउन चाहन्छौँ  नेपाल मेडिकल टुरिजम को नयाँ गन्तब्य बन्नेछ।

कम्पनी र इन्स्योरेन्ससंग मिलेर लामो समय अस्पताल बस्न पर्ने नेपालीलाई नेपालमै पठाउने र मेडिसिटीमा उपचार गर्ने व्यवस्था गर्न खोजेका छौँ,’ श्रेष्ठले भने ।

सम्झौँता पत्रमा मेडिसिटीका तर्फबाट महाप्रवन्धक बिजय रिमाल र ट्राभहिलका तर्फबाट श्रेष्ठले सम्झौँता पत्रमा हस्ताक्षर गरे ।
सो अवसरमा बोल्दै मेडिसिटीका महाप्रवन्धक विजय रिमालले समेत ट्राभहिलले नेपालमा भित्राउने पर्यटकहरुको उपचारका लागि अस्पताल हरपल तयार रहेको बताए ।

Loading...

यो सम्झौता अनुसार नेपाल मेडिसिटी ट्राभहिलको हस्पिटल पार्टनर रहने छ ।

loading...

Facebook Comments

Loading...