साना सवारीको बदमासी रोकिएन, ५० वटा सवारी कारबाहीमा

0
144
सवारीको बदमासी
loading...

साना सवारीको बदमासी रोकिएन, ५० वटा सवारी कारबाहीमा

काठमाडौं । दशैंको मौका छोपी साना सवारीसाधनले गर्ने बदमासी अझै रोकिएको छैन । केहीअघि टिकट खोल्ने सहमति गरेका साना सवारीहरूले टिकट छैन भन्दै यात्रुसँग बढी भाडा लिने गरेको गुनासो बढ्न थालेको छ ।

विशेषगरी, गौशाला तथा कोटेश्वरबाट बीपी राजमार्गमा चल्ने माइक्रोबस तथा सुमोलगायतका साना गाडीले सरकारले तोकेभन्दा पनि बढी भाडा लिएको पाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता गोकर्ण उपाध्याले भने, ‘साना सवारीले बढी भाडा लिएको गुनासो बढेको छ ।’ सर्वसाधारणको गुनासोका आधारमा बढी भाडा लिएका ५० वटा साना सवारीलाई कारबाही गरिएको प्रवक्ता उपाध्यायले बताए ।

loading...

सरकारले हालै सार्वजनिक यातायातको भाडादर १० प्रतिशतले वृद्धि गरेको थियो । तर, डिलक्स सुविधा भएका जुनसुकै यात्रुबाहक सवारीसाधनले पुरानो भाडादरमा २० प्रतिशतसम्म थप गरी लिन पाउने व्यवस्था छ । सोही व्यवस्थाको फाइदा उठाउँदै साना यातायातले यात्रुसँग बढी भाडा लिएकाले कारबाही गर्नुपरेको प्रवक्ता उपाध्याले बताए ।

Loading...

अनुगमनका क्रममा गौशाला तथा कोटेश्वरबाट पूर्वका झापा, इलाम, धरानलगायतका विभिन्न स्थानमा जाने माइक्रोबसले सरकारले तोकेभन्दा २/३ सय रुपैयाँ बढी भाडा लिएको फेला परेको प्रवक्ता उपाध्याले बताए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Facebook Comments

Loading...