पर्यटकलाई उद्धारका नाममा हुने विकृति, उद्धार कार्य अब प्रहरीले गर्ने

0
433
पर्यटकलाई उद्धारका नाममा
loading...

पर्यटकलाई उद्धारका नाममा हुने विकृति, उद्धार कार्य अब प्रहरीले गर्ने

काठमाडौँ । पर्वतारोहण र पदयात्रा क्षेत्रमा विदेशी पर्यटकलाई उद्धारका नाममा हुने विकृतिबारे छानविन गर्न गठित समितिले पर्यटक उद्धारसम्बन्धी सम्पूर्ण कार्यको जिम्मा अबदेखि नेपाल प्रहरीबाट हुने व्यवस्था मिलाउने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

loading...

समितिले साेमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई प्रतिवेदन बुझाउँदै आगामी दिनमा उद्धारसम्बन्धी सम्पूर्ण कार्य नेपाल प्रहरीबाट हुने व्यवस्था मिलाउन सिफारिश गरेको हो ।

प्रतिवेदनअनुसार पहिलो विकल्पका रुपमा आगामी ‘सन् २०१८ को (सेप्टेम्वर नोभेम्वर) देखि नै लागू हुने गरी नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय गराई पर्यटक उद्धारसम्बन्धी सम्पूर्ण कार्य नेपाल प्रहरीबाट हुने व्यवस्था मिलाइनेछ । यसका लागि टोल फ्रि कलको व्यवस्था गर्नेछ ।

नेपाल प्रहरीले सार्वजनिक खरिद ऐन नियमावलीबमोजिम सूचना आह्वान गरी प्रतिस्पर्धाबाट हेलिकप्टर कम्पनी एवं अस्पतालबाट दररेट लिर्इ पर्यटकको रुचिमा अस्पताल छनोट गर्न पाउने गरी उद्धारको व्यवस्था मिलाइने प्रतिवेदनमा उल्लेख छ ।

“सरोकारवालासमेतको सल्लाह सुझाव लिर्इ ‘पर्वतारोहण तथा पदयात्रा खोज तथा उद्धारसम्बन्धी कार्यविधि, २०७५ लाई १५ दिनभित्र तर्जुमा गरी लागू गर्नुपर्ने सुझाव दिएको,’ छानविन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Loading...

पर्यटन क्षेत्रमा उद्धारमा देखिएका समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन सुधारका विकल्पको सुझावसहित ७०० पृष्ठको प्रतिवेदन सरकारलाई बुझाइएको हो ।

Facebook Comments

Loading...