टोकीयो नजिकै सस्तो र राम्रो घुम्ने ठाउँको खोजीमा हुनुहुन्छ ? यि ठाउँ नछुटाउनुस

0
548
टोकियो

टोकीयो नजिकै सस्तो र राम्रो घुम्ने ठाउँको खोजीमा हुनुहुन्छ ? यि ठाउँ नछुटाउनुस

विश्वकै सबैभन्दा महंगो भनिने अनि मानिने टोकियो शहरका हरेक विलासी वस्तु उपभोग गर्नेका लागि यो शहर पक्कै पनि महङगो छ । तर पनि टोकियोमा कम बजेटमा घुम्न सकिने स्थानहरु को कमी भने पक्कै छैन । टोाकियो जाँदै हुनुहुन्छ वा त्यहाँ बस्दै हुनुहुन्छ र यस आसपासको इलाकामा बस्नुहुन्छ भने हामी तपाइको बजेट अनुसारको केही सस्तैमा घुम्न सकीने स्थान र तिनको बारेमा जानकारी प्रस्तुत गर्दैछौं । जसले तपाइलाइ विश्वकै महंगो शहरमा पनि ढुक्क सँग घुम्नलाइ मद्दत गर्ने छ ।

१.ओदाइबा
ओदाइवा टोकियोमा रहेको मानवनिर्मित टापू हो । यो सपिङ र मनोरञ्जनात्मक गतिविधिका लागि प्रख्यात छ । यहाँ मैनको म्यूजियम पनि छ । हरेक हप्ताको आइतवार यहाँ विदेशी तथा स्वदेशी पर्यटकहरुको भिडभाड देख्न सकिन्छ । झट्ट फोटो हेर्दा अमेरीकाको स्टाचु अफ लिबर्टी लागे पनि यो पनि ओदाइबाको बिशेषता हो ।  यहाँ फुजि टिभीको भवन, रेन्बो ब्रिज, राता खैरो रूखहरू आदि प्रख्यात दृष्य हुन् । यहाँ क्रुजको मजा पनि लिन सकिन्छ ।

loading...

२. हाराज्युकु
हाराज्युकु सप्ताहन्तको रमाइलोको लागि ज्यादा प्रख्यात छ । सप्ताहन्तको समय बिताउन मानिसहरू यहाँ जाने गर्छन । त्यसबेलामा यहाँ अनेक थरिका फेशनहरु पनि देख्न सकिन्छ । खासगरी हाराज्युकु युवाहरुले आफ्नो नृत्य अभ्यास गर्न र फेशन देखाउन जाने ठाउँका रुपमा टोकीयोमा प्रख्यात छ । नजिकैकको योयोगी पार्कमा पनि अर्को रमाइलो गर्ने स्थान हो  ।

३.सिबुया क्रसिङ
विश्वको सबैभन्दा भीड भाड शहरमा घुमघाम गर्न, यहाँका वरिपरि रहेका ठूला ठूला भवनहरुको अवलोकलोकन गर्न सबैलाई रमाइलै लाग्छ । सिबुया क्रसिङमा भएका बेला हाचिको को मूर्तीलाई त हेर्नै छुटाउने कुरै भएन । हाचिको एक वफादार कुकुरको नाम हो जो आफ्नो मालिकको मृत्युपछि पनि उ आउने पखाईमा रेलको ढोका हेर्दै कुरेर बसेको छ । यस कुकुरको बफादार पन लाइ लिएर मालिक र कुकुरको प्रेम दर्शाउने गरी हलिउड तथा जापानमा पनि चलचित्र बनेको छ ।

loading...

४. सिन्ज्युकु ग्योएन नेशनल गार्डेन
साकुरा फुल्ने समयमा निकै यहाँ निकै भिडभाड हुन्छ । सिन्ज्युकु ग्योएन नेशनल गार्डेन प्रकृति मन पराउने र साकुरा फुल मनपराउनेका लागि झनै उपयुक्त स्थान हो । यो जापानको राष्ट्रिय पार्क पनि हो । नेपाल भुलाउने गरी प्राकृतिक वातावरणमा परिवार, आफन्त वा साथीभाइहरुसंग समय व्यत्तित गर्न चाहानुहुन्छ भने यो स्थान सबैको लागि उपयुक्त रोजाइ हुन सक्छ ।

५.मेइजि स्राइन
जापानमा पनि नेपाल जस्तै मन्दिर जानु त पवित्र अनि अनिवार्य कार्य जस्तै हो । टोकीयो नजिकै एउटै मात्र मन्दिर गएर जापानमा गरिने घुमघामको अनुभव पूर्ण पक्कै पनि हुँदैन । हाराज्युकुबाट केही पर रहेको मेइजि स्राइन ठूलो र प्रशस्त रमणिय ठाउँ सहितको पार्क भएको क्षेत्रमा छ । यहाँ रहेको मन्दिर घुमेर, जापानको कला संस्कृती हेरेर आनन्द लिन सकिन्छ । पारम्परिक जापानी विवाह हेर्ने रहर छ भने यो स्थान तपाइको लागि उपयुक्त छ ।

६.टोकियो स्काईट्री
सिटी भ्यूका लागि प्रख्यात टोकियो स्काईट्रीका बारेमा त सुन्नुभएकै होला । टोकियोको सबै उत्कृष्ट स्थान हेर्नका लागि यो उपयुक्त स्थान हो । यहाँ प्रवेश गर्नका लागि करीब २ हजार येन जति पर्छ । यस्तै दृष्य सित्तैमा हेर्न खोज्नु भएको छ भने यसको बिकल्पमा टोकियोको महानगरपालिकाको सरकारी भवन छ । जहाँ उस्तै भ्यू हेर्न निःशुल्क पाइन्छ । यो ठाउँमा रातिको समयमा जाँदा शहरको झिलिमीली हेर्दै रमाइलो अनुभव लिन सकिन्छ ।

Loading...

जापानको बसाईमा राम्रो अनुभव संगाल्न टोकियोका यि स्थानहरुको घुमफिर बिना अपुर्ण हुन्छ । माथि उल्लिखित स्थानहरुको भ्रमणले त यो महंगो शहरमा सस्तो र सुलभ तरिकाले उत्कृष्ट अनुभव दिलाउन सहयोग गर्छ ।

Facebook Comments

Loading...