जापान जाँदा अनुभवीहरूको सल्लाह लिएर मात्रै जानुस, कामलाग्ने केही टिप्सहरू

0
1167
जापान जाँदा

जापान जाँदा अनुभवीहरूको सल्लाह लिएर मात्रै जानुस, कामलाग्ने केही टिप्सहरू

काठमाडौँको बागबजार भक्तपुर बस पार्कको ठ्याक्कै अगाडी  रहेको लिंकेज एकेडेमी प्रा.लीले  अनुभवी शिक्षकद्धारा जापानिज भाषा, हिब्रु भाषा, चाइनीज,जर्मनी लगाएतका अन्य भाषा कक्षा समेत सञ्चालन गरीरहेको छ ।

साथै विदेशमा गई उच्च  शिक्षा हासिल गर्न चाहाने विद्यार्थीहरुको लागि जापान, अष्ट्रेलिया, युके, डेनमार्क, कोरिया, यूएसए ,न्युजिल्याण्ड, इन्डिया लगायतका थुप्रै मुलुकमा अध्ययन अध्यापन गर्न चाहानेलाई परामर्स सेवा उपलब्ध गराइरहेको छ ।

loading...

लिंकेज एकेडेमीका कार्यकारी निर्देशक प्रमोद ढुंगानाले जापान जाने बिद्यार्थी तथा कामदारको लागि केही टिप्स दिनु भएको छ  । यो जानकारीले उच्च शिक्षाको लागि तथा रोजगारीको लागि जापान जाने नेपालीहरूलाइ धेरै मद्दत गर्ने छ।

हामीले लिंकेज एकेडेमी मार्फत हाल सम्म १ हजार भन्दा बढी  विद्यार्थी एवं रोजगारीको लागि जापान जान चाहने हरूलाइ मद्दत गरेका छौं । हामी नेपाल छँदै पनि उपयुक्त सल्लाह एवं जानकारी प्रदान गर्ने गर्छौं यसले विद्यार्थी को भरोसा जापान पुगे पछी पनि हामी माथी उत्तीकै छ।

हामीले दिने परामर्श पछि पनि विद्यार्थीहरू जापान पुगेर हामी सँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । यसलाइ हामीले हाम्रो सफलताको रूपमा लिएका छौं ।

अहिले अक्टोबर इन्टेकका बिद्यार्थीहरू जापान जाने तयारीमा हुनुहुन्छ । साथै अप्रिल २०१९ इन्टेकको लागि हामी तयारी कक्षा हरू सञ्चालन गर्दै छौं । साथै जापान गएका बिद्यार्थीहरूले पनि हामी कहाँ साथीभाइ हरूलाइ तयारीको लागि पठाउने गर्नु भएको छ । यो सबै हामीले प्रदान गरेको स्तरीय सेवाको प्रतिफल हो ।

जो जो यही अक्टोबरमा जाँदै हुनुहुन्छ उहाँहरूको लागि पनि यि कुराहरू काम लाग्छन । साथै त्यहाँ हुने  बिद्यार्थी तथा रोजगारका लागि जाने दाजुभाइहरूलाइ पनि काम लाग्छ । जापानमा यि यि कुराहरूमा ध्यान दिनु भयो भने पनि यहाँको जापान बसाइ सुरक्षीत, सस्तो र रमाइलो बन्नेछ।

खर्च जोगाउनुस

विश्वकै महंगो स्थान भनेर पनि जापानलाइ चिनिन्छ । त्यसैले यहाँ खर्च जोगाउनु पनि धेरै रकम कमाउनु जस्तै हो । त्यसैले खर्च जोगाउनका लागि होलसेल पसलहरुमा किन्नुहोस् ।

पैसा बचत गर्न चाहानुहुन्छ भने होलसेल स्टोर्सहरु जस्तै ‘निकु नो हानामासा’ र ‘ग्योमु सुपा’ सस्तो छ । प्रत्येक महिनाको २९ गते ‘निकु नो हि’ भन्ने ठुलो सेल समेत लाग्छ त्यसबेला सस्तोमा चाहिने सामान लिन सक्नु हुन्छ ।

ग्योमु सुपा जापानको ठूलो होलेसेल प्रदायक मध्यको एक हो । यो सामान आयात गर्ने कम्पनी हो जो सिधा बाहिरबाट सामान जापान ल्याई सस्तोमा उपलब्ध गराउँछ।

बन्द गर्ने केही समय पहिले सुपरमार्केट जानुस् इओन, दाइएइ जस्ता सुपरमार्केटहरु बन्द गर्ने बेला पुग्नुभयो भने मिति भएका पाउरोटीजन्य कुरामा ३० देखि ५० प्रतिशतसम्मको छुट पाउनुहुन्छ ।

गाकुस्योकुमा खानुस् यदि तपाई बिधार्थी हुनुहुन्छ भने त ठिकै भयो हैन भने पनि युनिभर्सिटीको क्यान्टिन नजिक बस्नुहुन्छ भने सस्तो शुल्कमा गुणस्तरीय खाना खान सक्नुहुन्छ । सन्तुलित खानाको लागि सेट खाना (तेइस्योकु) खानु सस्तो र राम्रो पर्छ।

मिलेसम्म रेष्टुरेन्टमा पार्ट टाइम जागिर गर्नुस् यदि तपाई रेष्टुरेन्टमा पार्ट टाइम काम गर्नुहुन्छ भने माकानाई ( स्टाफ खाना) अथवा सस्तो पैसामा खाना खान पाउनुहुन्छ

प्वाइन्ट कार्ड बनाउनुस

जापानका विभिन्न पसलहरुले विशेषगरि कन्भिनियन्स स्टोर तथा सुपरमार्केटहरुले ग्राहक आकर्षित गर्नका लागि विभिन्न किसिमका प्वाइन्ट कार्डहरु प्रचलनमा ल्याएका हुन्छन् ।

प्रायजसो कार्डहरुमा तपाइले गएर सामान किन्दा १०० येन बराबर १ प्वाइन्ट जम्मा हुन्छ । जस्तै तपाइसंग भएको कार्डमा ३००० प्वाइन्ट जम्मा भयो र तपाइले आफ्नो प्वाइन्ट प्रयोग गरि सामान किन्न चाहानुभयो भने ३००० येन बराबरको सामान किन्न पाउनुहुन्छ ।

यि कुराको ज्ञान भयो भने तपाइको तपाईले गरेको खर्चभित्र पनि केही रकम बचत भइरहेको हुनेछ जसलाई तपाई अन्य थप सामान किन्न प्रयोग गर्न सक्नुहुन्छ ।

यि सामान नल्याउनुस्

जापानमा विना अनुमति तरकारी तथा फलफुलका बोटबेर्नाहरु ल्याउन पाइँदैन।यदि तपाई जापान आउदै हुनुहुन्छ र साथमा ताजा तरकारी, फलफुल, आदि ल्याउदै हुनुहुन्छ भने होस् गर्नुहोस। नेपालीहरुको हकमा हेर्ने हो भने थाहा नभएकै कारण भांग मिसिएका अचार लिएर आउँदा समस्यामा परेका उदहारणहरु प्रसस्त छन् ।

बाहिरबाट ल्याइएका मासुजन्य पदार्थसंगै रोगका किटाणु पनि जापान प्रवेश गर्नसक्ने भएकाले र त्यसले महामारी समेत फैलनसक्ने भएकाले आलो मासु ल्याउन प्रतिबन्धित छ । यस्ता बस्तु छन् भने त्यो सामानसंग सम्बन्धित प्रमाणपत्र पनि अनिवार्य ल्याउनुपर्छ ।

तपाईसंग झोलामा कुनै लोपुन्मुख प्रजातिका जनावर तिनका अंग, रौँ, बनस्पति जस्ता कुरा छन भने त्यो पनि गैरकानुनी हो। ख्याल गर्नुहोला ।

आफ्नो लगेजमा कुनै पनि किसिमका लागुपदार्थ छन् भने होस् गर्नुहोस जापानमा यसको कानुन निकै कडा छ । कुनै पनि प्रकारका लागुपदार्थ तपाईसंग भेटिएमा जापानको कानुन अनुसार सजाय पाउनुहुन्छ ।

ओरिजिनल जस्तै देखिने तर नक्कली र कमसल सामानहरु जस्तै ब्रान्डेड ब्याग, कपडा, घडी आदि धेरै संख्यामा ल्याउदै हुनुहुन्छ भने पनि सचेत हुनुहोस । तपाईलाइ सजाय मात्र हैन कि तपाईका सामानहरु सबै जफत हुन्छ ।

अश्लिल भिडियो तथा किताब नक्कली पैसा त ल्याउँदै नलयाउनुस । अरुको नामको क्रेडिट कार्ड, धेरै मात्रामा औषधि, कस्मेटिक सामान जस्ता सामाग्रीहरुको लागि पनि विशेष अनुमति पत्रको आवश्यकता पर्दछ ।

त्यसैले तपाईले आफ्नो यात्रा सुरु गर्नु अगावै यी साधारण तर महत्वपूर्ण कुराको जानकारी लिइराख्नुभयो भने तपाईको यात्रा सहज बन्नेछ र अनावश्यक झन्झटबाट बच्नुहुनेछ । जापान जाने कुरामा केही उल्झनमा पर्नु भएको छ, थप बुझ्नु पर्ने छ भने मेरो व्यक्तिगत नं. 9851070800 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।  नेपालदेखि जापानसम्मको तपाइको यात्रा सफल रहोस शुभकामना ।

थप समाचार हरू

टोकीयो नजिकै सस्तो र राम्रो घुम्ने ठाउँको खोजीमा हुनुहुन्छ ? यि ठाउँ नछुटाउनुस

Loading...

loading...

Facebook Comments

Loading...