जापान जानु अघि जानी राखौंः जापानमा बस्दा खानामा हुने खर्च कम गर्ने उपायहरु

0
374
टोकियो
loading...

जापान जानु अघि जानी राखौंः जापानमा बस्दा खानामा हुने खर्च कम गर्ने उपायहरु

जापान जानु अघि जानी राखौंः जीवनशैली रहनसहन हेर्ने हो भने धेरै महँगा देश मध्येमा जापान पर्दछ । त्यसमाथी टोकियो शहर, विशेष गरि विद्यार्थीहरुको लागि टोकियो जस्ता ठूला शहरमा जीबनयापन गर्न मुस्किल नै हुन्छ । व्यस्त दैनिकी र समयको अभावका कारण महँगा पसलहरुमा किनमेल गर्दा बढि खर्च भैरहेको हुन्छ ।

पढाइ लगत्तै काम त्यसपछी बचेको केही समयमा आँफैले घरमा बनाएर खाने समयको अभावले वाहिर महंगा रेष्टुरेन्टहरुमा खाना खानुपर्ने बाध्यता पनि हुन्छ । जापानमा रहँदा अपनाउन सकिने केही सामान्य तर कामलाग्ने तरिकाहरुको वारेमा जानकारी गराउदैछौ जसले गर्दा बिशेष गरी तपाईको खानामा हुने फजुल खर्चलाई केही हदसम्म कम गराउन सक्छ ।

१. सहि समयमा सही पसल पुग्नुस
तपाई सहि समयमा सहि पसल पुग्न सक्नु भयो भने पनि सस्तोमा सामान किन्नसक्नुहुन्छ । जस्तै इओन, दाइएइ जस्ता सुपरमार्केटहरु बन्द गर्ने बेला पुग्नुभयो भने उपभोग्य मिति भएका पाउरोटीजन्य कुरामा ३० देखि ५० प्रतिशतसम्मको छुट पाउनुहुन्छ । म्याद भएका तर म्याद सकिन थोरै मात्र समय बाँकी भएका सामानहरु यो बेलामा मुल्य घटाएर गरेर बिक्री गरिन्छ । यसरी किन्दा फ्रिज छ भने हप्ता भरीको लागि चाहिने सस्ता सामान (माछा, मासु, सुशी, लन्च)आज नै किनी ल्याउन सक्नुहुन्छ । एक सामान किन्दा अर्को सित्तैमा लेखीएको छ भने चाहिने छ भने त्यस्तो समय कहिले कहीले पर्छ त्यसको जानकारी राख्नुस र त्यस्ता पसलमा त्यही समय पुग्नुस ।

२. रेष्टुरेन्टमा पार्ट टाइम जागिर गर्नुस्
यदि तपाई रेष्टुरेन्टमा पार्ट टाइम काम गर्नुहुन्छ भने माकानाई ( स्टाफ खाना) अथवा सस्तो पैसामा खाना खान पाउनुहुन्छ । तपार्इ खानामा पैसा खर्च कम गर्न चाहानुहुन्छ भने यस्ता ठाउँमा काम गर्न पनि सक्नुहुन्छ । यदी तपाइ सँगै फ्ल्याटमा बस्ने साथीहरू छन भने साथीहरूको लागि पनि स्टाफ खाना किनेर लगिदिन सक्नु हुनेछ ।

३. गाकुस्योकुमा खानुस्
यदि तपाई बिधार्थी हुनुहुन्छ भने खानको लागि युनिभर्सिटीको क्यान्टिन उत्तम रोजाई हुन्छ र तर तपाई विद्यार्थी हुनुहुन्न तर क्यान्टिन भएका युनिभर्सिटीको नजिक बस्नुहुन्छ भने सस्तो शुल्कमा गुणस्तरीय खाना खान सक्नुहुन्छ । सन्तुलित खानाको लागि सेट खाना (तेइस्योकु) खानु सस्तो अनि राम्रो हुनछ। प्राय: युनिभर्सिटीका क्यान्टिनहरुमा पार्ट टाइम काम गर्ने गृहिणीहरुले पकाउने हुँदा घरमा खाएको भन्दा कम हुदैन । खाना को लागि मात्र नभई चिया नास्ता मिठाई आदिका लागि पनि गाकुस्योकुमा जान सक्नुहुन्छ।

loading...

४. होलसेल पसलहरुमा किन्नुहोस्
जापानमा तपाईले २ ठाउँबाट सामान किन्न सक्नुहुन्छ, होलसेल र खुद्रा । इओन, दाइएइ, सेइयु, इतो योकादो जस्ता खुद्रा सुपरमार्केटहरु हुन् । यदी तपाई पैसा बचत गर्न चाहानुहुन्छ भने होलसेल स्टोर्सहरु जस्तै ‘निकु नो हानामासा’ र ‘ग्योमु सुपा’ जान सक्नुहुन्छ । निकु नो हानामासा खासगरी मासु पाइने पसल हो। तर यहाँ ताजा तरकारी र फलफुल पनि पाइन्छ। यसका कतिपय शाखाहरुले घरमै डेलिभरी दिने सुविधा पनि दिन्छन् ।

प्रत्येक महिनाको २९ गते ‘निकु नो हि’ भन्ने ठुलो सेल समेत लाग्छ जसको नाम तेही मितिलाई तोकेर राखिएको हो । ग्योमु सुपा जापानको ठूलो होलेसेल प्रदायक मध्यको एक हो । यो सामान आयात गर्ने कम्पनी हो जो सिधा बाहिरबाट सामान जापान ल्याई सस्तोमा उपलब्ध गराउँछ। माथि उल्लेखित दुवै होलसेल पसलहरुमा आयात गरिएका सस्ता सामानहरु जस्तै बुल्गेरियाको जाम, ग्रीसको रोटी समेत किन्न सकिन्छ।

५. अनलाइनबाट सामान किन्नुस्
हामी तपाइलाई पसल वा सुपरमार्केटमा मा गर्इ सामान किन्नु भन्दा अनलाइनबाट खरिद गर्न सुझाव दिन्छौ । अनलाइन सामान किन्दा पसल तथा सुपरमार्केटहरुमा भन्दा सस्तोमा किन्न पाइन्छ र धेरै स्टोरहरुमध्येमा तुलना गरेर सस्तो र राम्रो सामान किन्न सकिन्छ ।

अर्को कुरा तपाई पसलमा आफै सामान किन्न जानु भयो भने पक्कै पनि चाहिएको भन्दा धेरै नै किन्नुहुन्छ किनभने पसलमा नयाँ उत्पादनहरु थपिएका हुन्छन जुन तपाईलाई खरिद गर्न मन लाग्छ । तपाईको सुचिमा नभएको कुरा किन्दा फजुल खर्च हुन जान्छ। तर अनलाइनबाट खरिद गर्नुभयो भने चाहिने बाहेकका सामान प्राय: मगाईदैन । जसले गर्दा खर्च मात्र नभई समयको पनि बचत हुन्छ। अहिलेको युग नै अनलाइनको हो । अनि नेपालको जस्तो एउटा फोटो र सामान अर्को वा डेलिभरी ८।१० दिन पछी हुने सम्भावना हुँदैन ।

जापान जाँदा अनुभवीहरूको सल्लाह लिएर मात्रै जानुस, कामलाग्ने केही टिप्सहरू

Loading...

 

Facebook Comments

Loading...