११ सय कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

0
119
एकीकृत सम्पत्ति कर लागू,नेपाल रेल्वेको,घुस नखाने कसम,तीन महिनादेखि तलब
Loading...

११ सय कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

विराटनगर । संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिनादेखि तलब नपाएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । समाचारका अनुसार उनीहरूले साउनदेखिको तलब नपाएका हुन् ।

loading...

संघीय सरकारले समयमै कार्यालय हस्तान्तरण गरेर कर्मचारी नखटाउँदा तलब र दसैँभत्ताका लागि रकम निकासा गर्न समस्या भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । अब आइतबार र सोमबार कर्मचारीले तलब र भत्ता नपाए दसैँ खल्लो हुने आर्थिक मामिला मन्त्रालयका एक कर्मचारीले बताए । तर, प्रदेशका प्रमुखसचिव केदार न्यौपानेले भने सबै कर्मचारीलाई तलब र भत्ता दिएरै पठाउने दाबी गरे ।

loading...

Facebook Comments

Loading...