करमा दिंदै आएको सुबिधा हटाएपछि दुई सय उद्योग बन्द गर्ने घोषणा

0
156
loading...

करमा दिंदै आएको सुबिधा हटाएपछि दुई सय उद्योग बन्द गर्ने घोषणा

काठमाडौं । टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषणा गरेका छन्।

loading...

मूल्य अभिवृद्धि कर (भ्याट)मा दिँदै आएको सहुलियत आर्थिक ऐनबाट हटाएपछि आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेपछि कपडा उद्योगीले उद्योग बन्द गर्ने घोषणा गरेका छन्।

कपडा उद्योगलाई मूल्य अभिवृद्धि कर फिर्ता दिँदै आएकोमा सरकारले आर्थिक वर्ष ०७५/७५ को बजेटबाट यो व्यवस्था हटाउने निर्णय गरेको थियो। कटन कपडाको भ्याट शतप्रतिशत समायोजन र सेन्थेटिक कपडा उद्योगले ७० प्रतिशत भ्याट फिर्ता पाउँथे।

कपडा उद्योगलाई दिँदै आएको सहुलियत कटौती गर्दा विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसकेकाले बन्द गर्नुपर्ने अवस्था आएको उद्योगी भनाइ
सरकारले दिँदै आएको सहुलियत पूर्ण रुपमा हटाएपछि विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था भएकाले बन्द गर्ने निर्णयमा पुगेको नेपाल कपडा उद्योग संघले जनाएको खवर अाजकाे नागिरक दैनिकमा छ।

Loading...

संघका अनुसार मुलुकमा १० अर्ब रुपैयाँको लगानीमा करिब दुई सय कपडा उद्योग सञ्चालनमा छन् । कपडा उद्योग संकटमा परेका सबै उद्योग बन्द गर्ने निर्णयमा पुगेको संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए । आयातित मोबाइलसँग तुलना गरेर सरकारले कपडा उद्योगलाई दिँदै आएको सुविधा कटौती गर्नु दुर्भाग्यपूर्ण भएको उद्योगीको गुनासो छ। संघले कात्तिक १५ गतेसम्मको लागि समय सीमा तोकेको छ। ‘कात्तिक १५ सम्म समस्या समाधान भए उद्योग पूर्ण रुपमा बन्द गर्छौं,’ अध्यक्ष प्रधानले भने । उद्योगीले विगतमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका छन्।

Facebook Comments

Loading...