डोल्पामा दुईदिनदेखि टेलिफोन सेवा अवरुद्ध

0
61
टेलिफोन सेवा अवरुद्ध

डोल्पामा दुईदिनदेखि टेलिफोन सेवा अवरुद्ध

त्रिपुराकोट(डोल्पा) : हिमाली जिल्ला डोल्पामा दुईदिनदेखि सिडिएमए टेलिफोन सेवा अवरुद्ध भएको छ। दुर्गमको भरपर्दो मोबाइल सेवा नै अवरुद्ध भएपछि डोल्पाली जनताहरु समस्यामा परेका छन्। दुर्गम विकट जिल्लालाई सुगम क्षेत्रसँग जोड्दै सुगम र विकट बीचको दूरी कम गराउने माध्यम सिडिएमए फोन सेवा नै अवरुद्ध भएकाले शीघ्र सुचारु गर्न डोल्पालीले आग्रह गरेका छन्।

‘दुई दिनदेखि सिडिएमएको टावर छैन, कुना कन्दरा, जंगल सबै ठाउँमा लाग्ने सिडिएमए टावर नहुँदा एक ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न ठुलो समस्या भएको छ’ त्रिपुरा सुन्दरी नगरपालिकाका १ का स्थानीय पुर्णकेशर न्यौपानेले भने। ‘भएको नमस्ते मोबाइल सेवाले राम्रोसँग काम गरको छैन्, विभिन्न काम विशेषले जिल्लाबाहिर गएका आफन्तलाई सम्पर्क गर्न नपाउँदा ठूलो समस्या भएको छ’ उनले थपे।

सिडिएमए टावर नहुँदा थ्रिजी इन्टरनेट सेवासमेत बन्द भएको छ। दूरसञ्चार कार्यालय डोल्पाले भने कालिकोट र जुम्लाको सिमानामा पर्ने माईथाप्लामा रहेको रिपिटर टावरमा न्यून भोल्टेजका कारण डोल्पामा पनि यस्तो समस्या देखिएको दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिए। बिहीबारसम्ममा टावर सुचारु हुने जानकारी पाइएको उनले बताए।

Facebook Comments

Loading...