ठूला उद्योगीले तिरेनन् ५२ करोड कर

0
118
कर तिर्नुपर्ने
loading...

ठूला उद्योगीले तिरेनन् ५२ करोड कर]

विराटनगर : मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन् । विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको बक्यौता उठाउन हम्मे परिरहेको छ।

loading...

उक्त कार्यालयले २०७४ ७५ मा ५९ कारोड ३३ लाख रुपैयाँ  कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो । तर, उनीहरूबाट अहिलेसम्म सात करोड २१ लाख रुपैयाँ मात्र उठाएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताएको खबर आजको कान्तिपुरमा छापिएको छ ।।

Loading...

लामो समयदेखि आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क नबुझाउने ७२ वटा व्यापारिक फर्मका सञ्चालकको बैंक खाता, मालपोतमा जग्गा रोक्का राखेको थियो । यसमध्ये ११ वटाले बक्यौता तिरेपछि रोक्का फकुवा गरिएको छ ।

Facebook Comments

Loading...