सिरियामा अमेरिकी नेतृत्वमा आवास क्षेत्रलाई लक्षितगरी हवाई आक्रमण

सिरिया
Advertisement

सिरियामा अमेरिकी नेतृत्वमा आवास क्षेत्रलाई लक्षितगरी हवाई आक्रमण

दमासकस। अमेरिकी नेतृत्वको हवाई सेनाले सिरिया को उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार हवाई कारबाही गरेको समाचार छ ।

त्यस आक्रमणमा परी केही सर्वसाधारण तथा विद्रोहीको पनि मृत्यु भएको जनाइएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्याह्न हवाई आक्रमण सुरु भएको हो ।

सिरियाली सरकारी समाचार संस्था सानाले सो कुरा जनाएको छ । हासाकह मै आइतबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो । अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको छ । त्यसका विरुद्ध विगतमा पनि विरोध हुने गरेको थियो । तर पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ ।

सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसंघमार्फत आग्रह गर्दै आएको छ ।सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको थियो । अमेरिकी सेनाको नेतृत्वमा अरु केही देशका सेनाले यहाँ कारबाही गर्ने गरेका छन् ।

सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसामा परी तीन लाखभन्दा बढी मानिसको ज्यान गएको छ । अरु लाखौँ नागरिक घाइते भएका छन् भने ठूलो संख्याका सिरियाली देश छोडेर भाग्न बाध्य भएका छन् ।

Facebook Comments