अझै पनि सिन्डिकेट उल्ट्याउने प्रयासमा यातायात व्यवसायी

0
81
यातायात व्यवसायी सिन्डिकेट अन्त्यका

अझै पनि सिन्डिकेट उल्ट्याउने प्रयासमा यातायात व्यवसायी

सरकारले साउन १ गतदेखि यातायात समितिहरू नवीकरण नगर्ने निर्णय गरे पनि ठूला यातायात व्यवसायी भने कम्पनीका रूपमा दर्ता हुन अझै अटेरी गरिरहेका छन्।

गत वैशाखमा मन्त्रिपरिषद्ले असार मसान्तदेखि संस्था दर्ता ऐनअनुसार दर्ता भएका यातायात समिति स्वतः खारेज हुने निर्णय गरेको थियो भने त्यसअघि यातायात व्यवस्था विभागले कम्पनीमार्फत मात्र बस सेवा सञ्चालन गर्न पाइने नीतिगत व्यवस्था गरेको थियो।

तर, यातायात क्षेत्रमा वर्षाैंदेखि सिन्डिकेट गर्दै आएका व्यवसायीहरू कम्पनीमा दर्ता नभइ अझै पनि निर्णय उल्ट्याउन लागिपरेका छन्।

समितिको अस्तित्व अब २४ दिन मात्र बाँकी रहँदा ठूला भनिएका यातायात समितिहरूले कम्पनीमा दर्ता गरी पञ्जीकरणमै गएका छैनन्।

अाजकाे काराेबार दैनिकमा याे खबर छापिएकाे छ।

Facebook Comments

Loading...