नेपालकी सुनमायाले जितिन् गोवालिगोङ अल्ट्रा म्याराथनको उपाधि

0
272
गोवालिगोङ अल्ट्रा म्याराथनको
loading...

नेपालकी सुनमायाले जितिन् गोवालिगोङ अल्ट्रा म्याराथनको उपाधि

एजेन्सि । चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् । स्थानीय समयानुसार बिहीबार बिहान ६ः३३ बजे शुरु भएको म्याराथनमा ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

Loading...

सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी पाँच घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर पार गर्दै प्रथम भएकी थिइन् । सात घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाएर संयुक्त राज्य अमेरिकाकी मेरिडिथ इडवार्डस् दोस्रो र सात घण्टा ३६ मिनेट ४२ सेकेण्ड लगाएर चीनकी च्याङपिङ फ्याङ तेस्रो भइन् । विजेता बुढा अन्तर्राष्ट्रिय उत्कृष्ट धाविका हुन् ।

loading...

Facebook Comments

Loading...