पाँच दिनमा ऋचा शर्माको फिल्म ‘ सुनकेसरी ’ काे कमाइ १ करोड भन्दा बढी

0
257
सुनकेसरी

पाँच दिनमा ऋचा शर्माको फिल्म ‘ सुनकेसरी ’ काे कमाइ १ करोड भन्दा बढी

काठमाडौँ । नायिका ऋचा शर्माको फिल्म ‘ सुनकेसरी ’ ले राम्रो व्यापार गरिरहेको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।

गत शुक्रबारबाट रिलिज भएको फिल्मले ३ दिनमा ८३ लाख कलेक्सन गरेको थियो भने र चार दिनमा आइपुग्दा ९६ लाख कमाइ गरको बताइएको छ । पाँच दिनमा १ करोड भन्दा बढी कमाएको छ । राजधानीको कुमारी हलमा अभिनेत्री शर्मा र निर्देशक अर्पण थापाले करोडको केक काटेर खुसीयाली मनाएका छन् ।

करिब डेढ करोडमा बेनेको ‘सुनकेसरी’ राम्रै कलक्सन गरेको र यसमा सन्तुस्टी भएको जनाईन् । दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको ‘सुनकेसरी’ हेर्ने अधिकांश १६र २० वर्षका युवायुवती र कपल बढी छन् ।

यस फिल्ममा ऋचाका साथै भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Facebook Comments

Loading...