सुमार्गी बैंक खाता: पैसा निकाली सकेपछी पुन: अदालतबाट रोक्काको आदेश

0
अदालतको आदेशलगत्तै,सुमार्गी बैंक खाता:,सर्वोच्चको आदेश,सुमार्गी खाता
Advertisement

सुमार्गी बैंक खाता: पैसा निकाली सकेपछी पुन: अदालतबाट रोक्काको आदेश

काठमाडौं/ मुक्तिश्री सिमेन्टका नाममा विदेशी लगानीका रूपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई पुन: रोक लगाउने आदेश जारी गरेको छ ।

पुस १० गते न्यायाधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो। सोही इजलाशले मंगलबारका लागि दुवै पक्षलाई बहसका लागि झिकाएको थियो।

उक्त आदेशपछि सुमार्गीले मुक्तिश्री सिमेन्ट कम्पनीको नाममा आएको करिब ८४ करोड (७.५ मिलियन अमेरिकी डलर) रकम बैंकबाट झिकिसकेका थिए। तर मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघिको उक्त अन्तरिम आदेशलाई निरन्तरता नदिनू र उनको खाता पहिलेकै अवस्थामा राख्नू भनी आदेश जारी गर्यो।

मुक्तिश्री सिमेन्टका नाममा आएको ४ करोड ५० लाख अमेरिकी डलरमध्ये राष्ट्र बैंकले रोक्का गरेको ७५ लाख डलर बैंकमा थन्किएको थियो। सोविरुद्ध सुमार्गीले रकम फुकुवाका लागि अन्तरिम आदेश गराई पाउँ भन्दै निवेदन हालेका थिए।

अदालतको आदेशलगत्तै सुमार्गीले निकाले साढे २ अर्ब रुपैंयाँ पैसा

 

Loading...

Facebook Comments

Loading...