मूल नहर भत्किनुमा माटोको घुलनसिलता प्रमुख कारण: सिक्टा अध्ययन प्रतिवेदन

0
118
मूल नहर भत्किनुमा
loading...

मूल नहर भत्किनुमा माटोको घुलनसिलता प्रमुख कारण: सिक्टा अध्ययन प्रतिवेदन

काठमाडाैं । सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा देखिएको समस्याका सम्बन्धमा गठित मन्त्रालयस्तरको छानबिन समितिले आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदनमाथि दोष देखाएको छ ।

loading...

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समस्याको पहिचान तथा समाधानका लागि गठन गरेको समितिले आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदनमा माटोको घुलनसिलताका सम्बन्धमा कुनै पनि अध्ययन नै नभएको जनाएको हो । मन्त्रालयका सहसचिवस्तरीय छानबिन समितिले परीक्षणकै दौरानमा आयोजनाको मूल नहर नै भत्किनुमा माटोको घुलनसिलता नै प्रमुख कारण भएको जनाएको छ ।

Loading...

समितिले प्रतिवेदनमा ‘डिजाइन’ बनाउँदा अन्य आयोजनामा जस्तै माटोका विविध परीक्षण गरिएको भएपनि पानीका कारण हुनसक्ने सम्भावित प्रभाव तथा असरका सम्बन्धमा केही पनि आँकलन नगरिएको औंल्याएको छ । प्रतिवेदनमा नहरको निर्मित संरचनाको पनि आवश्यक तथा नियमित रुपमा मर्मत तथा सुधारको काम हुन नसकेको जनाइएको छ ।

Facebook Comments

Loading...