श्रीपेच सार्वजनिक, सर्वसाधारणले कात्तिक ४ गतेपछि अबलोकन गर्न सक्ने

0
143

श्रीपेच सार्वजनिक, सर्वसाधारणले कात्तिक ४ गतेपछि अबलोकन गर्न सक्ने

काठमाडौ । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच अब सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायणहिटी संग्रालयमा आयोजित विशेष समारोहमा सुरक्षाका साथ प्रदर्शनमा श्रीपेचलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार सार्वजनिक गरेका हुन् ।

loading...

गणतन्त्रको स्थापनासँगै नारायणहिटी राजदरबार संग्राहलयमा रुपान्तरण भयो । त्यसयता राजदरबारसँग सम्बन्धित धेरै ‘रहस्य’का वस्तुमा सर्वसाधारणको पहुँच पुग्यो । तर, श्रीपेच, राजदण्ड, मुकुटजस्ता बहुमुल्य वस्तु भने सार्वजनिक गरिएको थिएन् ।

२०६५ साल जेठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्दा सरकारलाई हस्तान्तरण गरेको श्रीपेचसँगै राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरबार, झारी, चमरलगायत सामग्री अब कात्तिक ४ गतेपछि सर्वसाधारणले अबलोकन गर्न सक्नेछन् । नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् ।

श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ । श्रीपेचमा ७ सय ५० र मुकुटमा २ हजार ७ सय टुक्रा हिरा छ । श्रीपेचको पछाडि आकर्षक कल्ली छ, जुन ‘वर्ड अफ प्याराडाइज’ नामक चराको पुच्छर हो ।

सङ्ग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सात वटा तहमा राखिने भएको छ । सरकारले आर्थिक वर्ष २०६८ र ६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।

पुर्व राजा ज्ञानेन्द्रले दुई पटक मात्र पहिरिए

यो श्रीपेच काठमाण्डौका प्रेमलाल श्रेष्ठले २०२८ सालमा स्व. राजा वीरेन्द्रको राज्यभिषेकका तयार पारेका थिए।

राजाहरूले राज्यारोहण, राज्याभिषेक, छोरीको कन्यादानका बेला, युवराज्ञीलाई भित्र्याउँदा र तस्बिर खिचाउने बेला श्रीपेच लगाउने चलन थियो ।

Loading...

शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले २०५८ जेठ २२ गते राज्यारोहणका दिनबाहेक छोरी प्रेरणाको विवाहमा यो श्रीपेज पहिरिएका थिए ।

loading...

Facebook Comments

Loading...