शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार भने खुम्चियो !

0
119
लाभकर,नेप्सेमा भिषण,नेप्से १० अंक,दोहोरो अंकको सुधार

शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार भने खुम्चियो !

काठमाडौं। शेयर बजारमा आइतबार दोहोरो अंकले सुधार आएको छ। यसदिन बजार परिसुचक नेप्से १४ अंकले उकालो लागेर १२४२ मा पुग्यो ।

loading...

नेप्से परिसूचक उल्लेख्य मात्रामा बढेपनि कारोबार रकममा भने सोचेजति वृद्धि हुन सकेन । परिसूचक अनुसार उत्पादनमुलक र जलविद्युत समूहबाहेक अरु सबै समूह सकारात्मक रह्यो ।

कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर भने घटेको छ । जलविद्युत् १ दशमलब ३१ र उत्पादन ९५दशमलब ७३ विन्दुले घटेको छ । यस्तै बैंकिङ १७ दशमलब ३७, होटल ५५ दशमलब ३४, विकास बैंक १८ दशमलब १५, वित्त ३ दशमलब २४, निर्जीवन बीमा ८७ दशमलब ६१, अन्य ४ दशमलब २७, माइक्रोफाइनान्स ११ दशमलब १४, जीवन बीमा ५७ दशमलब ४९ विन्दुले बढेका छन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५८ कम्पनीको १० लाख १६ हजार कित्ता सेयर २७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

Loading...

 

 

loading...

Facebook Comments

Loading...