भारतिय मिडियामा हंगामा : नेपाल प्रहरीको भारतमा ‘सिक्रेट अपरेशन’

0
203

भारतिय मिडियामा हंगामा : नेपाल प्रहरीको भारतमा ‘सिक्रेट अपरेशन’

काठमाडौं । भारतीय प्रहरीले नेपालमा आएर अपराधी पक्राउ गर्दा बेला –बेलामा हंगामा हुने गर्दछ । तर, यतिबेला नेपाल प्रहरी एक भारतीय व्यक्तिलाई पक्राउ गरेको विषयले भारतमा हंगामा भइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्म यो विषय पुगेको छ । १३ वर्षअघि नेपालगञ्जको चर्चित हत्याकाण्ड दीपक हेमकारसहित उनको परिवारको पाँच जनाको हत्या भएको थियो । हालै प्रहरीले सो बहुचर्चित हत्याकाण्डका अभियुक्तलाई पक्राउ ग¥यो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले लखनउका किशनलाल सोनीलाई पक्राउ गरेको हो । सोनीले आफ्नै छोरी ज्वाइँ दीपकसहित ५ जनाको हत्या गराएको प्रहरी दाबी छ । सम्पतिका लागि उनले त्यसरी हत्या गरेका थिए । हत्याअघि ज्वाइँको नाममा रहेको सबै सम्पत्ति छोरीको नाममा सारेर बिक्री गरेका थिए ।

loading...

उनै सोनी पक्राउको विषयमा भारतमा हंगामा भएको हो । उनका छोराले नेपाल प्रहरीले अपहरण गरेको र सुन समेत लुटेको गम्भीर आरोप लगाएका छन् । उनको परिवारले लखनउमा सुन पसल चलाउँदै आएको छ । सुन पसलबाट २ लाख भारु र ८ सय ग्राम सुनसमेत लिएर फर्कदै गर्दा अपहरण गरिएको र पैसा र सुन समेत गायब बनाइएको भनेर किशसनलालका छोरा विकासले मुख्यमन्त्री आदित्यनाथलाई उजुरी दिएका छन् । उनले बाबु अपहरण गरेको सिसिटिभी फुटेज पनि पेश गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हेमकरको हत्या किशनलालले नै गरेको ठहर गरेको थियो । तर, भारतीय नागरिक भएकाले उनलाई नेपाल ल्याउन सहज थिएन । स्रोतका अनुसार हनि ट्रापिङ(युवतीको प्रयोग गरेर) मा पारी उनलाई प्रहरीले नेपाल ल्याउन सफल भएको हो । यसमा भारतीय प्रहरीले पनि सहयोग गरेको थियो । सोनी परिवार आर्थिक रुपमा सम्पन्न भएकाले लखनउका नेता तथा प्रहरीसँग पनि राम्रो सम्बन्ध छ । त्यसकारण उनीहरुले यो विषयलाई उचाल्ने प्रयास गरेका छन् । अभियुक्त सोनीसँग २ लाख भारु र आठ सय ग्राम सुन छ भनेका छन् । तर प्रहरीले बरामद गरेको छैन । यो विषयमा भने छानबिन हुने देखिन्छ । दृष्टि न्यूजबाट

Loading...

 

loading...

Facebook Comments

Loading...