ओमनमा कार्यरत नेपालीलाइ खुसीको खबर १८ हजार रूपैयाँमै मस्कटबाट काठमाण्डौँ ।

0
997
ओमनको सलाम एरलाईन्सले

ओमनमा कार्यरत नेपालीलाइ खुसीको खबर १८ हजार रूपैयाँमै मस्कटबाट काठमाण्डौ ।

राजेश महर्जन, मस्कट । ओमान मा कार्येरत् नेपालीहरु को लागि खुशी को खबर, अब मस्कट बाट काठमाडौं हवाइयात्रा सजिलो हुने भएको छ | अब देखी मस्कट बाट काठमाडौं हवाइयात्रा गर्न ६१ ओमनि रियल कारीब १८००० नेपाली रुपैया भए पुग्ने भएको छ |

loading...

खाडी मुलुक ओमानको नयाँ विमान कम्पनी सलाम एयरलाईन्सले मस्कटबाट काठमाडौँ का लागि नयाँ रुटमा आफ्नो सिधा उडान सेवा संचालन गर्ने भएको छ।  सोही एयरलाईन ले यति सस्तो मा हवाइयात्रा गराउने भएको हो |

न्युनतम ६१ ओमनी रियल भाडादरमा यात्रुले सेवा लिन सक्ने उक्त कम्पनीले जनाएको छ। कम्पनीले यसपाली नेपाल संगै बङ्गलादेश, सुडान, ईराकमा आफ्नो सेवा बिस्तार गरेको जनाएको छ।

कम्पनिले आगामी सेप्टेम्बर ११ तारिखको ओमनी समय बिहान ३:१५ बजे उक्त एयरलाईन्सले काठमाडौँका लागि आफ्नो पहिलो उडान भर्ने जनाएको छ। हालका लागि प्रत्येक हप्ताको आईतबार ,मङ्गलबार, बिहीबार र शुक्रबार जम्मा ४ ओटा उडान भर्ने छ।

loading...

यस भन्दा पहिला ओमन एयर ले मात्र मस्कट – काठमाडौं हवाइयात्रा गर्ने गराउने गरेको थियो | ११ सेप्टेम्बर २०१८ मंगलवारबाट पहिलो हवाइयात्रा सुरु हुने सलाम एयरको मस्कट काठमाडौं यात्रा प्रत्येक हप्ताको आईतवार, मङ्गलबार, बिहिवार र शुक्रबार गरी जम्मा ४ ओटा उडान भर्ने छ ।

सेप्टेम्बर ११ तारिख ओमानी समय बिहान ३ः१५ बजे उक्त एरलाईन्सले काठमाडौको लागि आफ्नो पहिलो उडान भर्ने छ भने उक्त विमान नेपाली समय विहान ८ः४० मा काठमाडौ अवतरण हुनेछ । मस्कट बाट छुटेका बिमानहरु काठमाण्डौँ देखि मस्कटको लागि सोही दिन फर्कने छन् ।

Loading...

काठमाडौ पुगेको १ घन्टा पछि पुनः मस्कटको लागि उडान भर्ने छ । न्युनतम ६१ ओमनि रियल भाडामा यात्रुले सेवा लिन सके पनि यात्रुले लगेज खाना लगायत अन्य सुविधाको चार्ज भने अलग नै तिर्नुपर्ने छ ।

Facebook Comments

Loading...