सिङ्गिङ रियालिटी शो सारेगमपको अडिशन नेपालमा पनि हुने

391
सारेगमप
Advertisement

सिङ्गिङ रियालिटी शो सारेगमप को अडिशन नेपालमा पनि हुने

भारतको सिङ्गिङ रियालिटी शो सारेगमप को अडिशन पहिलो पटक नेपालमा पनि हुने भएको छ ।

सन् २०१८ को लागि रजिस्ट्रेशन खुल्ला गरिएको छ । १५ वर्षमाथिका सहभागीले पहिलो अडिशनका लागि रजिस्ट्रेशन गर्नुपर्नेछ । रजिस्ट्रेशन अनलाइनमार्फत गर्न सकिनेछ जसमा सहभागीले आफ्नो नाम, उमेर, ठेगाना, फोन नम्बर, इमेल ठेगानालगायतका विभिन्न जानकारी प्रदान गर्नुपर्ने हुन्छ ।

नेपालमा यसको अडिशन साउन ३० गते मौजुबाहलस्थित आइडियल इंगलिश सेकेन्डरी स्कूलमा हुने भएको छ ।

Facebook Comments

Advertisement